Wednesday, August 21, 2019

देशभरका रेस्टुरेन्ट बन्द गर्ने मजदुरको चेतावनी

प्रकाशित मिति: 2019/02/01

काठमाडौं । नेपाल पर्यटन तथा होटल सम्वद्ध श्रमिक संघ, नेपाल स्वतन्त्र होटल क्यासिनो तथा रेष्टुरेन्ट मजदुर युनियन र अखिल नेपाल होटल क्यासिनो तथा रेस्टुरा मजदुर संघले चरणवद्ध आन्दोलन गर्ने घोषणा गरेका छन् ।

रेष्टुरेन्ट तथा बार एसोसिएसन नेपाल (रेवान) को सोमबारको बैठकले १० प्रतिशत सेवा शुल्क हटाउने निर्णयको विरोध गर्दै मजदुरहरुले हड्तालको घोषणा गरेका हुन् ।
माघ २० गते देशब्यापी कोणसभा गर्ने, प्रतिष्ठान स्तरमा सबै खालका विरोधका कार्यक्रमहरु संचालन गर्ने, रेबानलाई सार्वजनिक रुपमा बहिस्कार गर्ने, रेष्टुरेन्ट संचालनमा रोक लगाउने कार्यक्रम श्रमिक संगठनहरुले सार्वजनिक गरेका छन् ।

माघ २२ गते देखि देशब्यापी रुपमा रेस्टुरेन्टहरुमा हड्ताल गरिने विज्ञप्तमिा उल्लेख छ ।

 

तपाईंको बिचार