Wednesday, August 21, 2019

तारकेश्वर ५ मा ल्होसार विशेष कार्यक्रम भव्य रुपमा सम्पन्न

प्रकाशित मिति: 2019/02/03

नुवाकोट । नुवाकोट जिल्लाको तारकेश्वर गाउँपालिका वडा ५ कल्लेरिडाँडामा तामाङजातिको महत्वपूर्ण चाड ल्होसार पर्वको अवसरमा हिजो विशेष कार्यक्रम आयोजना गरिएको थियो । गुर्जामेन्दो युवा कल्वले  हरेक वर्ष झै यस पटक पनि आन्तरिक पर्यटन प्रवद्र्रन  गर्ने मुख्य  उद्धेश्यले कार्यक्रम आयोजना गरेको हो । कार्यक्रमका प्रमुख अतिथि नेपाल पर्यटन बोर्डका संचालक समतिकिा सदस्य दिपक महतले चाडपर्वहरुलाई प्रवदर््न गर्ने मुख्य उद्धेश्यले बोर्डले चाडपर्व पर्यटनको अवधारण अनुरुप काम गरिरहेको जानकारी दिनुभयो । उक्त कार्यक्रमले पनि अन्तरिक पर्यटन प्रवद्र्रनमा योगदान  गरेको भन्दै आगामी दिनमा पनि सहकार्य गर्दै अघि बढ्ने बताउनुभयो । त्यस्तै कार्यक्रमका विशेष अतिथि शिव अधिकारी (अबिरल)ले स्थानीय चाडपर्वको संरक्षण र प्रवद्र्रनमा  जोड दिनुभयो । तारकेश्वरमा धेरै तामाङजातीको बसोबास रहेको भन्दै उहाँले संस्कृतिको जर्गेनासँगै आन्तरिक पर्यटन प्रवद्र्रनमा यस्ता कार्यक्रमले सहयोग गर्ने भएकाले आगामी दिनमा पनि सहकार्य गर्ने वाचा दिनुभयो । सो अवसरमा तारकेश्वर गाउँपालिका वडा नं ६ का अध्यक्ष ज्ञानेन्द्र तामाङ, तारकेश्वरका युवा समाजसेवी इश्वर अर्याल लगायतले पनि शुभकामना दिनुभएको थियो । क्लवका अध्यक्ष भोटु सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा स्थानीय कला, संस्कृति सहित झाँकी पनि प्रर्दशन गरिएको थियो ।

 

तपाईंको बिचार