Sunday, February 24, 2019

मजदुरको संयुक्त आन्दोलन सुरु

प्रकाशित मिति: 2019/02/04

काठमाडौं । रेष्टुरेन्ट एण्ड बार एशोसियसन (रेवान) विरुद्ध आन्दोलन सुरु भएको छ । ठमेलदेखि संचय कोषसम्म नेपाल पर्यटन तथा होटल संबद्ध श्रमिक संस्था, नेपाल स्वतन्त्र होटल क्यासिनो तथा मजदुर संगठन युनियन र अखिल नेपाल होटल क्यासिनो तथा रेस्टुरेन्ट मजदुर संगठनले संयुक्त रुपमा आन्दोलन गरेको हो ।

रेवानको १० प्रतिशत सेवा शुल्क हटाउने निर्णय विरुद्ध उनीहरुले यो आन्दोलन गरेको हो । आन्दोलनमा उपस्थित मजदुरहरुले ब्याक अफ रेवान, लङ लिभ वर्कर युनियन, नो सर्भिस चार्च नो वर्कजस्ता पम्प्लेटहरु बोकेका थिए ।

यो आन्दोलनले पनि काम नगरे संयुक्त रुपमा माघ २२ देखि देशब्यापी हड्ताल गर्नेसमेत घोषणा गरेका छन् ।

तपाईंको बिचार