Sunday, February 17, 2019

बाग्लुङको सामुदायिक होमस्टे सञ्चालनमा

प्रकाशित मिति: 2019/02/04

बाग्लुङ । स्थानीयहरुको पहलमा बाग्लुङको काँठेखोला गाउँपालिका ५ बिहुँकोटमा शिवधुरी सामुदायिक होमस्टे सञ्चालनमा आएको छ । होमस्टेको औपचारिक रूपमा उद्घाटन भने गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालले गरेका छन् । उनले होमस्टेबाट गाउँको पर्यटन प्रवर्द्धन हुने व्यक्त गरे । मन्त्री लम्सालले देशको प्रकृति र संस्कृतिलाई प्रयोग गरेर समृद्धिको बाटोमा लैजानुपर्नेमा जोड दिए ।

नेपाल पर्यटन प्रवर्द्धन मञ्च ‘भिटोफ’ गण्डकी प्रदेशका अध्यक्ष तारानाथ पहारीले पर्यटन व्यवसायीलाई थप व्यवस्थित र प्रचारप्रसार गर्ने मूल उद्देश्यका साथ तीन दिने अध्ययन अवलोकन भ्रमण कार्यक्रम गरेर ग्रामीण पर्यटन प्रवर्द्धन आयोजना गरिएको बताए ।

नेपाल पर्यटन प्रवर्द्धन मञ्चका अध्यक्ष ध्रुव सिंम्खडालको अनुसार नेपाल सरकारले सन् २०२० मा नेपाल भ्रमण वर्ष मनाउन नयाँ गन्तव्यको पहिचान र प्रवर्द्धनले नेपाल भ्रमण वर्षलाई सहयोग पु¥याउने यसले सहयोग गर्नेछ ।

आन्तरिक पर्यटनका दृष्टिले वाग्लुङ जिल्ला एक आकर्षक गन्तव्य भएको बताउँदै उनले यस किसिमका कार्यक्रमले समग्र पर्यटनमा महत्त्वपूर्ण टेवा पुग्ने सिंम्खडाले बताए ।

पर्यटन प्रवर्द्धनसँगै मध्य पहाडी लोकमार्ग र कालिगण्डकी कोरीडरको संंगममा अवस्थित बाग्लुङका कालिका मन्दिरबाट पश्चिमी क्षेत्रका भकुन्डे, गाजादह, झुलेनीको धुरी, संसारकोटको धुरीलगायतका स्थलको पनि सँगसँगै प्रचारप्रसार एवं विकास हुने विश्वास आयोजकको छ ।

शिवधुरी बाग्लुङ जिल्लाको धार्मिक एवं सांस्कृतिक रूपमा पनि अत्यन्तै महत्वपूर्णस्थल मानिन्छ ।

तपाईंको बिचार