Sunday, November 17, 2019

ठमेल ईको रिसोर्टमा माघ २६ गते प्रादेशिक फुड फेस्टिवल हुने

प्रकाशित मिति: 2019/02/08

काठमाडौं । पर्यटकीय स्थल ठमेलस्थित ठमेल ईको रिसोर्टमा प्रादेशिक फुड फेस्टिवल आयोजना हुने भएको छ ।

नेपाल भ्रमण वर्ष २०२० को अवसरमा नेपालको सातै प्रदेशका चलनचल्तिका खानाहरुलाई प्रचार–प्रचार गर्ने उद्देश्यले खानाको प्रदर्शनी र टेस्टिङ कार्यक्रम आयोजना गरिएको कार्यक्रमका संयोजक तथा नेप्लीज फुड गुरु सुरेशचन्द्र वस्नेतले वताए ।

फेस्टिवलको आयोजना ग्लोवल नेप्लीज सेफ्स फेडेरेशन र नेप्लीज वल्र्डवाईड सेफ्स एशोशियसनले गरेको हो। ठमेल ईको रिसोर्टका निर्देशक राजन सिम्खडाले नेपाली खानालाई अन्तर्राष्ट्रियस्तरमा प्रचार प्रसार गर्न तथा नेपाली खाना मार्फत विश्वभरका पर्यटकलाई नेपालमा आकर्षित गर्न फेस्टिवलले सहयोग पु¥याउने अपेक्षा रहेको वताए । फेस्टिवलमा सातै प्रदेशका प्रतिनिधिमुलक खानाहरुको प्रर्दशनी गरिनेछ बस्नेतले वताए । फेस्टिवल आगामी माघ २६ गते हुनेछ ।
 

तपाईंको बिचार