Tuesday, July 16, 2019

आन्तरिक पर्यटक बढाउन गन्तव्य यात्रा

प्रकाशित मिति: 2019/02/14

मार्तडी । धार्मिक तथा पर्यटकीय दृष्टिले प्रसिद्ध तर प्रचारप्रसार हुन नसकेको कालाजग्रामा आन्तरिक तथा बाह्य पर्यटक बढाउनका लागि बडिमालिका नगरपालिकाले गन्तव्य यात्रा शुरु गरेको छ ।

आज बिहानदेखि नै सदरमुकाम मार्तडीबाट सोही नगरपालिका–७ मा पर्ने पोरखेगढी र कालाजग्रामा सो यात्रा शुरु गरिएको बडिमालिका नगरपालिकाका प्रमुख पदम बडुवालले बताए।

पोरखेगढी र कालाजग्राकमा ५०० आन्तरिक पर्यटक पुर्‍याउने लक्ष्य रहेको उनको भनाइ थियो । कालाजग्रा, फातालत र थापोरखे लेकलाई पर्यटकीय क्षेत्र बनाउने उद्देश्यले उक्त नगरपालिकाले पर्यटकीय क्षेत्रको खोजी गरी प्रचारप्रसार गर्न  ‘गन्तव्य बडिमालिका कार्यक्रम’ अघि सारिएको प्रमुख प्रशासकीय अधिकृत हीरालाल भण्डारीले जानकारी दिए।

नगरपालिका क्षेत्रभित्रका धार्मिक तथा पर्यटकीय क्षेत्रको सम्वद्र्धन र प्रवद्र्धन गर्न उक्त कार्यक्रम सञ्चालन गर्न थालिएको हो । आन्तरिक र बाह्य पर्यटकीय गन्तव्य बनेपछि यस क्षेत्रका आसपास बडिमालीका नगरपालिका–७ को ढम्कने, बूढीनन्दा नगरपालिकाका–९ अगाउँपानी क्षेत्रको सीमा क्षेत्र पनि रहकाले यो क्षेत्रको पर्यटन प्रवद्र्धन भएमा आर्थिक विकासमा टेवा हुने नगरपालिकाको विश्वास छ ।

दशकौँ वर्षदेखि सुनसान रहेको यस क्षेत्रमा हरेक वर्ष घुम्न जानेको सङ्ख्या बढ्दै आएकाले यसको व्यवस्थापनका लागि प्रचारप्रसार गर्न सो कार्यक्रम थालिएको वडा नं ७ का वडाध्यक्ष धर्मराज पाध्यायले बताए।

सदरमुकाम मार्तडी हुँदै बाजुराको प्रमुख व्यापारी केन्द्र कोल्टी र कर्णाली कालीकोट, मुगुको रारा, हुम्ला, जुम्लाको व्यापारिक बाटोको रुपमा चिनिने गरेको उनको भनाइ थियो ।

प्राकृतिक सुन्दरताले भरिएको, आसपासमा हरियो जङ्गल रहेको जिल्लाकै अग्लो त्रिशूल रहेको यस क्षेत्रलाई हाल पोरखेलेख नामले चिनिन्छ । ऐतिहासिक गढीका रुपमा रहेको यस क्षेत्रमा बाजुराकै अग्लो कालाजग्रा सन्तोषीमाताको मन्दिरका साथै गुफाताल पनि छ ।

सुदूर साहित्यक प्रष्ठिान बाजुराले प्रेम दिवसको अवसर पारी सोही दिन पोरखे गजल वाचन कार्यक्रमको समेत तायारी गरेको प्रतिष्ठानका सचिव कृष्ण ओलीले बताए।

पुसदेखि फागुनसम्म हिउँले ढाकिने फाँट र फाँटको छेउमा मिलाएर रोपिएको जस्तो बुट्टा देखिने हिउँको दृश्य पोरखेगडी आसपासका क्षेत्रलाई बूढीगङ्गा नदीको उद्यगमस्थलले चिनिन्छ । बाइसे र चौबीसे राज्य भएको बेला राजाले बनाएको दरबार पोरखेगढी हालसम्म भग्नावशेषका रुपमा त्यहाँ देख्न पाइन्छ ।

तपाईंको बिचार