Friday, November 15, 2019

ठमेल पर्यटन विकास परिषद्द्वारा गुरुङलाई बधाई तथा शुभकामना

प्रकाशित मिति: 2019/02/14

काठमाडौं । ठमेल पर्यटन विकास परिषद्ले आज एक कार्यक्रममा प्रदेश नं ४ का सांसद राजीव गुरुङ (दीपक मनाङे) लाई बधाई ज्ञापन गरेको छ ।

कार्यक्रममा प्रदेश सांसद गुरुङले ठमेलको विकास र प्रवद्र्धनको लागि सम्पूर्ण घरधनी र व्यवसायीहरु एकजुट भएर अघि बढ्नुपर्ने बताउनुभयो । उहाँले नजिकिंदै गरेको ठमेल पर्यटन विकास परिषद्को चुनावमा परिपक्व र ठमेलको हितको लागि काम गर्ने व्यक्तिलाई सबैले भारी मत दिएर जिताउनुपर्ने सुझाव दिनुभएको छ ।
ठमेल पर्यटन विकास परिषद्का महासचिव भवी शर्माले ठमेलका सबै व्यवसायी र घरधनीहरु एक भई लाग्नुपर्ने बताउँदै सम्मुनत ठमेलको लागि सबैमा जागरुपता ल्याउनुपर्ने बताउनु भयो ।

 

तपाईंको बिचार