Sunday, September 22, 2019

कानुन मिचेर कम्प्लेक्स नबनाएको सञ्चालकहरुको दाबी

प्रकाशित मिति: 2019/02/19

काठमाडौ‌ं । ठमेलको छायाँदेवी कम्प्लेक्सका बारेमा नकारात्मक समाचारहरु प्रकाश हुँदै गर्दा कम्प्लेक्स सञ्चालकहरुले भने कानुन अनुसार निर्माण गरेको दाबी गरेका छन् ।

कम्प्लेक्सका लगानीकर्ता तथा पर्यटन व्यवसायी सुमन पान्डेले आफुहरुले कुनै पनि ऐन कानुन मिचेर कम्प्लेक्स नबनाएको बताए। विगतमा के के भएको थियो, त्यो हामीलाई थाहा छैन’, उनले भने, ‘हामीले ११ वर्ष अगाडि जग्गा खरिद गरेर कम्प्लेक्स निर्माण गरेको हौं।’

कसले कुन बेला के भन्यो वा के लेखे त्यसमा आफलूहरुले विश्वास नगर्ने तर, कानुनी आधारमा मात्रै आफुहरु अगाडि बढेको उनको दाबी छ। जिल्ला अदालत काठमाडौं र  उच्च अदातलत पाटनलेसमेत कम्प्लेक्सकै पक्षमा फैसला गरेको समेत उनको भनाइ छ। यो विषय अहिले सर्वोच्च अदालतमा विचाराधीन छ।

 

तपाईंको बिचार