Thursday, March 21, 2019

छिटो रेस्क्यु नहुदाँ दुई शेर्पाको निधन

प्रकाशित मिति: 2019/02/21

काठमाडौं । दोलखास्थित रोल्वालिङ गौरीशंकर गाउँपालिका वडा नं. ९ रोल्वालिङ बेडिङमा छिटो रेस्क्यु नहुँदा आज ६० वर्षका न्वाङ छोक्लोन शेर्पा र ७५ वर्षका टल्चुक शेर्पाको निधन भएको छ ।

२–३ हप्ता लगातार परेको हिउँको जाडो खप्न नसकेपछि उनीहरुको जाडोको कारण मृत्य भएको रोल्वालिङका स्थानीय दावा छिरीङ शेर्पाले जानकारी दिए ।

उनले काठमाडौंमा गृहमन्त्रालयले हेलिकप्टरको छिटो परमिट नदिदाँ उनीहरुको मृत्यु भएको दाबी गरेका छन् । उनले भने, विगतमा पनि यस्ता थुप्रै घटनाहरु भएका थिए । यसले गर्दा धेरैले ज्यान गुमाए । अब अगामी दिनमा यस्तो घटना हुन नदिन परमिट सिस्टम हटाइदिन उनले गृहमन्त्रालयलाई आग्रह गरेका छन् ।

 

तपाईंको बिचार