Monday, July 22, 2019

अधिकारीको संयोजकत्वमा पर्यटन यातायात अनुगमन समिति गठन

प्रकाशित मिति: 2019/02/24

पर्यटन यातायातमा अवैधानीक र अव्यवस्थित क्रियाकलाप बढ्दै गईरहेको भन्दै व्यवस्थित यातायात संचालनको लागि नेपाल पर्यटक यातायात व्यवसायी संघ (एनटीभीए)ले गन्तव्य नेपाल ग्रुपका अध्यक्ष समेत रहेका संघका प्रेस सल्लाहकार शिव अधिकारी (अविरल) को संयोजकत्वमा तीन सदस्यीय अनुगमन समिति गठन गरेको छ । अन्य दुई सदस्यहरुमा संघका द्वितिय उपाध्यक्ष कैलाश कार्की सदस्य सचिव समेत रहने गरी प्रतिकार कार्की सदस्य रहेका छन् ।

 
पर्यटन यातायात व्यवस्थित बनाउन पर्यटन विभाग, यातायात व्यवस्था विभाग, ट्राफिक विभाग, पर्यटक प्रहरी र पर्यटनका सरोकारवाला संघसंस्थाहरुसँगको छलफलबाट पर्यटक सवारी चालक तथा सहचालकहरुको ड्रेसकोट, पर्यटक सवारीहरु ट्राभल, ट्रेकिङ तथा होटलका सवारीहरुको सम्बन्धि कम्पनी नाम देखिनु पर्ने, पर्यटक परिवहन सेवाको इजाजत लिएका कम्पनीहरुको सवारीहरुमा पर्यटकको लागि मात्र भन्ने वाक्यशं लेखिनु पर्ने तथा सार्वजनिक सवारीहरुमा पर्यटकहरुको लागि मात्र लेख्न नपाउने र लेखेको रहेछ भने हटाउने कुरा पर्यटन मन्त्रालयको सचिवस्तरिय निर्णय भई सम्बन्धि संघसंस्था निकायहरुमा परिपत्र भई सकेको परिपेक्षमा नेपाल पर्यटक यातायात व्यवसायी संघले पर्यटन विभाग, पर्यटक प्रहरी तथा ट्राफिक प्रहरी समेतसँग समन्वयन गरी अनुगमन तथा कारवाहीको लागि सिफारिस सहितको अख्तियारी अनुगमन समितिलाई प्रदान गरेको छ । 

तपाईंको बिचार