Tuesday, July 16, 2019

डोमेस्टिक टुरिजम मार्ट बैशाख १३ र १४ मा हुने

प्रकाशित मिति: 2019/02/24

गन्तव्य नेपाल गु्रपअन्तर्गत गन्तव्य नेपाल इभेन्ट म्यानेजमेन्टले डोमेस्ट्रिक टुरिजम मार्ट (डीटीएम) आयोजना गर्न लागेको छ । पहिले देश अनि विदेश भन्ने नाराका साथ आगामी बैशाख १३ र १४ गते काठमाडौंको भृकुटीमण्डपस्थित प्रदर्शनी हल तथा चौरमा सो मार्ट आयोजना गर्न लागिएको हो । 

२० लाख पर्यटक भित्र्याउने लक्ष्यका साथ सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० लाई टेवा पु¥याउनुका साथै लुकेर रहेका पर्यटकीय सम्भावनाहरुको उजागर गर्दै पर्यटनबारे सकारात्मक सन्देश प्रवाह गर्ने उद्देश्यका साथ मार्ट आयोजना गरिएको हो । 

नेपालमा पहिलो पटक निजी क्षेत्रको प्रतिनिधित्व गर्दै आयोजना गरिएको यो मार्टमा २ सय भन्दा बढि व्यापारिक स्टलहरु रहने छन् । त्यस्तै दुई दर्जनभन्दा बढि विविधतायुक्त सांस्कृतिक प्रस्तुति तथा ख्यातीप्राप्त कलाकारहरुको सांगीतिक तथा हास्यब्यांग्य प्रस्तुतिहरुसमेत मार्टको आकर्षणको रुपमा रहने छन् । 
 
विभिन्न राजनीतिक दलका शिर्ष नेताहरु, मन्त्री, सांसद, सरकारी उच्च पदस्थ कर्मचारी तथा कुटनीतिक व्यवक्तित्वहरुले उद्घाटन गर्ने उक्त मार्टमा उपस्थितिका लागि सम्पूर्ण व्यवसायी तथा आम नागरिकहरुलाई सार्वजनिक आह्वानसमेत गरिएको छ । अहिले स्टल बुकिङलगायतका कार्य अघि बढाइएको छ ।

गन्तव्य नेपाल इभेन्ट म्यानेजमेन्टका अध्यक्ष शिव अधिकारी (अविरल)ले देशैभरी पर्यटनको सचेतना जागरुप गराउने र सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० लाई सफलता उन्मुख गराउने मुख्य उद्देश्यका साथ पर्यटन मेला गरिएको बताउँदै यो महामेला पर्यटन विकास र प्रवद्र्धनको लागि कोशेढुङ्गाा सावित हुने बताउनु भयो । यो महामेलामा उत्साहजनक सहभागिताको लागि आम जनसमुदायलाई आग्रह समेत गर्नुभयो । उक्त मेलाको संयोजकमा युवा पर्यटन व्यवसायी समाजवेी रहेका माधवप्रकाश सुवेदी रहेका छन् । मेला तयारीको लागि विभिन्न समिति तथा उपसमितिहरु बनाइने क्रम पनि जारी रहेको आयोजकले जनाएको छ । 

तपाईंको बिचार