Tuesday, September 17, 2019

कार्गो चिन्तक राजकुमार सामरी

प्रकाशित मिति: 2019/02/27

काठमाडौ । कुरियर बजारमा एउटा चर्चित नाम हो, राज कुमार सामरी । 

ललितपुरको कुपनडोलमा नेशनल कुरियरका नाममा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कार्गो सेवामा उनी डेढदसक यता सक्रिय छन ।  
३९ बर्षअघि धादिङमा जन्मिएका थिए, सामरी । सामान्य आर्थिक पृष्ठभुमिका बिच आज उनले प्राप्त गरेको सफलता लोभलाग्दो छ । दर्जनौ कार्गो सवारीका व्यवस्थापनमा जुटिरहँदा उनको काठमाडौ उपत्यका बाहिरमात्रै ३३ वटा कार्गो ब्रान्च रहेका छन । मुलुकभर डेढसयको हाराहारीमा कार्गोका बिचमा सेवाग्राहीको भिड हेर्दा उनको सेवालाई बढि पत्याएको बुझ्न गाह्रो पर्दैन ।
निरन्तरको प्रयासका बिच पर्यटन बजारमा लम्कीरहेका सामरीले पछिल्लो समय आन्तरिक कार्गोतर्फ बढि ध्यान मोडेका छन । यसैलाई थप व्यवस्थीत बनाउँन लागिरहँदा ‘ एमके ललितपुर सर्भिस प्रालिका नामबाट’ उनको व्यापार उत्साहसँगै सेवा पनि फस्टाउँदो छ ।
नेपाल कुरियर सेवा संघमा दोस्रो कार्यकालका लागि कोषाध्यक्षको जिम्मेवारी सम्हालिरहँदा र आफु विगतदेखी आगतसम्मको अनुभव समेटेर कार्गोभित्रै रहिरहेको स्थीतिमा समायानुकुल सुधारको प्रतिबद्धतामा उनको जोड छ । भन्छन,– ‘ आफु पनि यसैमा रमाउनु जो छ ।’

तपाईंको बिचार