Monday, May 20, 2019

गोकर्ण हाउस रेष्टुरेन्टको “बृहत चाइनिज होली फेस्टीभल”

प्रकाशित मिति: 2019/02/27

काठमाण्डौ । ठमेलको पक्नाजोलमा अवस्थीत ‘गोकर्ण हाउस रेष्टुरेन्ट’ ले होली पर्वको अवसरमा ‘होली फेस्टीभल २०७५’ आयोजना गर्ने भएको छ ।

विषेशगरी विदेशी पर्यटकहरुमाझ नेपाली संस्कृतिको प्रचार र संस्कृतिका माध्यमबाट पर्यटकको आगमनमा वृद्धि गर्न सकियोस भन्ने उदेश्यले होली फेस्टीभलकै रुपमा आयोजना गर्न लागिएको गोकर्ण हाउस रेष्टुरेन्ट कार्यकारी निर्देशक दिपक कुमार श्रेष्ठले बताए ।

चैत्र ६ गते ठमेलको पक्नाजोलमा हुने कार्यक्रममा अत्याधुनिक लाईटिङ सिस्टम, फुलअफ डिजे पार्टी, अबिर सहितको लाईभ म्युजिक, पानी ट्यांकी सहितको पानीको फोहोरा, चाहेजति बार्बिक्यू सहित बियरको फोहोरामा रम्न सक्नेछन ।

फेस्टीभलमा सहभागी हुन यसअघि नै १५० जना चाईनिज पर्यटकहरुको समुह तयार भैसकेको छ भने अन्य मुलुकका पर्यटकको पनि घुईचो छ । यसका बिच नेपालीहरु पनि सहभागी हुन सक्ने ईभेन्ट म्यानेजर अभिषेक श्रेष्ठले बताए ।

आपसी सद्भाव र मेलमिलापको पर्व होली विविधतालाई जोड्ने सुत्र रहेको भन्दै उनले कुनै पनि चिजको अभाव महसुस हुन नदिने गरी कार्यक्रममा व्यवस्था मिलाईएको भन्दै उनले सहभागिताका लागि सबैमा आह्वान समेत गरेका छन ।

गोकर्ण हाउस रेष्टुरेन्टले यसअघि पनि पर्यटन बजार उकास्न भन्दै विभिन्न सांस्कृतिक कार्यक्रम गर्दै आएको छ ।

 

तपाईंको बिचार