Monday, September 16, 2019

हेलिकप्टर खोज्न प्रहरी टोली परिचालन

प्रकाशित मिति: 2019/02/27

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारी सवार हेलिकप्टर खोज्न प्रहरी टोली परिचालन गरिएको छ ।  नेपाल प्रहरीका प्रवक्ता उत्तमराज सुवेदीले एयर डाइनेष्टीको हेलिकप्टर खोजी गर्न सम्भावित क्षेत्रमा प्रहरी टोली परिचालन गरिएको जानकारी दिए ।

यसैबीच गृह सचिव प्रेम कुमार राईले ताप्लेजुङको दारेढुंगामा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनामा परेको खबर आएको जानकारी दिए । हेलिकप्टरमा नीजि सचिवालयको उपसचिव, टानको डाइरेक्टर, यती एयरलाइन्सको प्रवन्ध निर्देशक आङछिरिङ शेर्पासहित ६ जना सवार रहेको बताइएको छ । ताप्लेजुङको पाथिभरा मन्दीरको दर्शन गरेर काठमाडौं फर्किने क्रममा  हेलिकप्टर सम्पर्कविहीन भएको बताइएको छ ।

तपाईंको बिचार