Sunday, September 22, 2019

सन् २०१९ लाई‘नेपाल प्रवद्र्धन वर्ष’को रुपमा मनाउने एनआरएनएको घोषणा

प्रकाशित मिति: 2019/02/27

काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए) ले सन् २०१९ लाई ‘नेपाल प्रवद्र्धन वर्ष’ को रुपमा मनाउने घोषणा गरेको हो । नेपाल भ्रमण वर्ष सन् २०२० को लक्ष्यलाई सघाउ पु¥याउने उद्देश्यका साथ एनआरएनएले यस्तो घोषणा गरेको बताएको छ ।

एनआरएनएका अध्यक्ष भवन भट्टले प्रवद्र्धन वर्षलाई सफल बनाउन आफ्नै अध्यक्षतामा २ सय १३ सदस्यीय मूल समारोह समिति समेत गठन गरिएको बताएका छन् । नेपाल भ्रमण वर्षमा २० लाख बढि विदेशी पर्यटक नेपाल भित्रयाउने योजनालाई सफल बनाउन समितिले काम गर्ने छ । मूल समारोह समितिले ८० वटा भन्दाबढि देशमा रहेका नेटवर्कलाई प्रयोग गरी आवश्यक प्रचार प्रसार गरेर त्यसका लागि सहयोग गर्ने बताइएको छ ।

नेपाल भ्रमण वर्षलाई सफल बनाउन एनआरएनएले विश्वका विभिन्न देशमा नेपालबारे प्रचार प्रसार गर्ने योजनाका साथ नेपाल प्रवद्र्धन वर्ष मनाउने घोषणा गरिएको अध्यक्ष भट्टले बताएका छन् । नेपाल सरकारले सन् २०२० मा २० लाख बढि विदेशी पर्यटक भित्र्याउने उद्देश्यका साथ नेपाल भ्रमण वर्ष बनाउने तयारी गरिरहेको छ।

तपाईंको बिचार