Thursday, March 21, 2019

दुर्घटनास्थलमा पाँच वटा शव भेटिए

प्रकाशित मिति: 2019/02/27

काठमाण्डौ । ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनामा परेकाहरु जीवितै भेटिने सम्भावना कम देखिएको छ । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले दिएको जानकारीअनुसार घटनास्थलमा ५ वटा शव भेटिएको छ ।

‘हाम्रा साथीहरुले त्यहाँ पुगिसक्नुभएको छ, हवल्दारले हामीलाई जानकारी गराएअनुसार ५ वटा शव भेटिएको छ’, जिप्रका ताप्लेजुङका ड्युटी अफिसरले  जानकारी दिनुभयो ।

पाथिभराबाट उडेको हेलिकप्टर पाथिभरा नजिकै  तारेभिरमा दुघर्टना भएको हो ।

एएमआई अल्फा माइक इन्डिया कल साइनको दुघर्टनाग्रस्त हेलिकप्टरमा हेलिकप्टरमा पर्यटनमन्त्री रविन्द्र अधिकारीसहित प्रधानमन्त्रीका सल्लाहकार युवराज दाहाल र यति एअरलाइन्सका प्रमुख आङछिरिङ शेर्पासहित ६ जना रहेको गृह मन्त्रालयका सचिव प्रेमकुमार राइले जानकारी दिनुभभएको छ ।
 

तपाईंको बिचार