Sunday, November 17, 2019

हेलिकोप्टर दुर्घटनाप्रति पर्यटकीय संघसंस्थाद्धारा शोक व्यक्त

प्रकाशित मिति: 2019/02/28

फागुन १६, काठमाण्डौ । नेपाल पर्यटक यातायात व्यवसायी संघले ताप्लेजुङ्गको सिस्नेभिरमा बुधबार भएको हेलिकोप्टर दुर्घटनामा परि दिबंगत हुनुभएका पर्यटनमन्त्री रबिन्द्र अधिकारी, यति ईयरका प्रबन्ध निर्देशक तथा बरिष्ठ पर्यटन व्यवसायी आङछिरिङ शेर्पासहित ७ जनाको असमायिक निधनप्रति गहिरो शोक व्यक्त गरेको छ ।

बिहिबार शोक बक्तव्य जारी गर्दै संघले उर्जाशिल तथा जुझारु मन्त्री र पर्यटन व्यवसायी लगायतको निधनले पर्यटन क्षेत्रमा अपुरणीय क्षति पुगेको बताएको छ । यसका साथै पर्यटन सम्बद्ध टान, हान, नाट्टा, सोट्टो, हान, नारा, नाटोज, टुर्गान लगायतले दुःख व्यक्त गरेका छन । मन्त्रीसहित ७ जना सबार हेलिकोप्टर पाथीभरा क्षेत्रबाट फर्कने क्रममा हिजो दुर्घटना भएको थियो ।

तपाईंको बिचार