Sunday, November 17, 2019

निर्वाचन गराउन माग गर्दै ठमेल परिषद्का सदस्यद्धारा सिग्नेचर अभियानको थालनी

प्रकाशित मिति: 2019/03/01

काठमाडौं । ठमेल पर्यटन विकास परिषद्को वर्तमान कार्यसमितीको कार्यअवधी समाप्त भईसकेको अवस्थामा पनि निर्वाचन घोषणा नगरेको भन्दै सिग्नेचर क्याप्पेन गरिएको छ ।

हाल सम्म तिन सय १५ भन्दा बढि परिषद् सदस्यहरुले निर्वाचन गराउन माग गर्दै सिग्नेचर संकलन गरिसकेका छन ।

वर्तमान कार्यसमितीको कार्यअवधि माघ २६ सम्म मात्र रहेकोमा परिषद्ले निर्वाचन कार्यतालिका माघ १६ गतेलाई तोकेको थियो । तर निर्वाचन गराउन नसकेपछि परिषद्ले विधान उल्लघंन गरेर ६ महिना अवधी थप गरेको थियो, जसका लागि सिडियोको आदेश पर्खनुपर्ने कानुनतः व्यवस्था छ । थपिएको ६ महिने निर्वाचन अवधी मध्ये यही फागुन ३० गते ३५ दिन पुग्दैछ । उक्त अवधीमा पनि निर्वाचन घोषणा नगरिए सिडियो कार्यालय जाने सदस्यहरुले चेतावनी दिएका छन ।

परिषद् नेतृत्वले २ वर्षदेखी साधारणसभा नगरेको, ठमेलका बासिन्दाका लागि काम गर्न नसकेको, परिषद्लाई गुमराहमा राख्ने र आफुखुसी निर्णय गरेको र प्रचारबाजीमा मात्र लागेको प्रति स्थानिय र व्यवसायीको आपत्ति छ ।

 

तपाईंको बिचार