Monday, July 22, 2019

पोखरामा प्याराग्लाइडिङ दुर्घटनाः रसियन नागरिककोे मृत्यु

प्रकाशित मिति: 2019/03/05

पोखरा २१, फागुन। पोखरामा मंगलबार पनि प्याराग्लाइडिङ दुर्घटना हुँदा एकको मृत्यु भएको छ ।

मंगलबार पोखराको साराङकोटबाट उडेको प्याराग्लाइडिङ केहीबेरमै दुर्घटना भएको हो । दुर्घटनामा परी प्याराग्लाइडर रसियन नागरिक विएमआइ जिभिआइएलको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ ।

पोखरामा लगातार तेस्रो दिनको प्याराग्लाइडिङ दुर्घटना हो ।

यसअघि आइतबार प्याराग्लाइडिङ दुर्घटनामा रोमानियाका एक नागरिकको मृत्यु भएको थियो । फेवातालमा खसेका रोमानियाली नागरिकको उपचारका क्रममा ज्यान गएको थियो ।

सोमबार पनि प्याराग्लाइडिङ दुर्घटना हुँदा दुईजना घाइते भएका थिए । कास्कीकै माछापुच्छ्रे गाउँपालिकाको ठाँटीमा र मादी गाउँपालिकाको छाचोकमा सो दुर्घटना भएको थियो ।

तपाईंको बिचार