Monday, September 16, 2019

ट्राभल र भेईकलमा पर्यटन विभागको अनुगमन, दर्ता नगरी दोहोरो भुमिका नगर्न चेतावनी

प्रकाशित मिति: 2019/03/06

नेपाल पर्यटक यातायात व्यवसायी संघ (एनटिभिए) ले पर्यटन इजाजत नलिई सञ्चालनमा आएका एक दर्जन ट्राभल एजेन्सी तथा भेईकल संस्थामा अनुगमन गरेको छ ।


 

 

आज सोह्रखुट्टे स्थीत क्षेत्रमा सञ्चालनमा आएका बाबा एड्भेन्चर ट्राभल, टाईगर ट्राभल, मल्टी भेईकल, लिटिल बुद्ध भेईकल, ईजी टुर लगायतमा अनुगमन गर्दा केहीमा पर्यटन ईजाजत बिना सेवामा सञ्चालन रहेको पाईएको पर्यटन यातायात अनुगमन समितिका सदस्य सचिव कैलास कार्कीले बताए ।

अनुगमनका क्रममा ट्राभल दर्ता गरेर भेईकल सञ्चालन गरेको र बिना ईजाजत भेईकल सञ्चालन गरेको पाईएको थियो । पर्यटन बिभाग, पर्यटक प्रहरी र नेपाल पर्यटक यातायात व्यावसायी संघ(एनटिभिए)ले संयुक्त रुपमा गरेको बजार अनुगमनका क्रममा पर्यटन यातायात कार्यबिधी बिपरीत कार्य सञ्चालनमा रहेको पाईएको थियो ।

पर्यटन सम्बद्ध व्यवसायलाई मर्यादित बनाउनु व्यवसायीको दायित्व भएकाले सभ्य र सुसंस्कृत पर्यटन क्षेत्रको लागि सबैले नियमको पालना गर्नुपर्ने अनुगमन समितिका संयोजक शिव अधिकारी ‘अबिरल’ बताए । आफुहरु बिगतदेखी नै समृद्ध पर्यटन बजारको संकल्पमा अगाडि बढेको बताए ।

तपाईंको बिचार