Tuesday, July 16, 2019

ताप्लेजुङ हेलिकोप्टर दुर्घटनामा निधन भएकाप्रति शोकशभा

प्रकाशित मिति: 2019/03/08

काठमाण्डौ २४ फागुन । ताप्लेजुङ हेलिकोप्टर दुर्घटनामा निधन भएका पर्यटनमन्त्री रबिन्द्र अधिकारी सहित ७ जनाको सम्झनामा शोकसभा गरिएको छ ।

नेपाल पर्यटन बोर्डको कार्यलयमा शुक्रबार बिहान सम्पन्न शोकसभामा पर्यटन सम्बद्ध बिशिष्ट व्यक्तिहरु उपस्थीत थिए ।
शोकसभामा बन तथा बातावरणमन्त्री शक्ति बहादुर बस्नेतले दुर्घटना अत्यन्तै दुःखद र अकल्पनीय भएको भन्दै राष्ट्रले होनाहार राजनीतिज्ञलाई गुमाएको बताए । उनले शोकलाई शक्तिमा बदलेर पर्यटनमा नयाँ आयामका साथ लागि पर्नुपर्ने बताए
पर्यटन सचिब मोहन सापकोटाले दुर्घटनाको पिडा आफैमा असाधारण हुने भन्दै देशको आशालाग्दो नेता गुमाउनुपरेको बताए ।
शोकसभामा पर्यटन सम्बद्ध बिशिष्ट व्यक्तिहरु, कर्मचारी, व्यवसायी, पत्रकार, पर्यटन सम्बद्ध संघसंस्थाका नेतृत्वहरु र शुभेच्छुकहरुको बाक्लो उपस्थीति थियो ।

तपाईंको बिचार