Tuesday, September 17, 2019

एक दिने घरवास अभिमुखीकरण तालिम सम्पन्न

प्रकाशित मिति: 2019/03/12

२८ फागुन, सिन्धुपाल्चोक । गुरुङ पर्यटन व्यवसायी संघ, नेपालको आयोजनामा मेलम्चीको हैबुङमा एक दिने घरवास सम्बन्धि अभिमुखीकरण तालिम सम्पन्न भएको छ ।

कार्यक्रममा मेलम्ची वडा नं ३ का वडा अध्यक्ष वसन्त गुरुङले अभिमुखीकरण तालिमले स्थानिय युवाहरुलाई स्वरोजगार बनाउन मद्दत पुग्ने बताएका छन् । साथै यसले पर्यटन विकासमा समेत टेवा पुग्ने विचार उनले व्यक्त गरे ।

गुरुङ पर्यटन व्यवसायी संघका अध्यक्ष कमला गुरुङले घरवास कार्यक्रमले पर्यटन व्यवसायमा टेवा पुग्नुका साथै स्थानीयहरुलाई समेत रोजगारीको पर्याप्त अवसर मिल्ने  बताइन् ।

गुरुङ पर्यटन व्यवसायी संघका महासचिव ईश्वर गुरुङले यस्तै कार्यक्रम अरु विभिन्न जिल्लामा आयोजना गर्ने बताए ।

७५ जना सो तालिममा सहभागी उक्त तालिममा नेपाल पर्वतारोहण संघका महासचिव कुल बहादुर गुरुङ, नेपाल पर्यटन बोर्डका बोर्डका सदस्य दिपक महत र शेर्पा पर्यटन व्यवसायी संघका महासचिव संगम शेर्पाले विभिन्न विषयमा आ–आफ्नो धारणा व्यक्त गरेका थिए ।

सो कार्यक्रमलाई टानका महासचिव आङपेम्बा शेर्पा र भिटोफका महासचिव जस्फा पााण्डेले सम्वोधन गरेका थिए ।

 

 

तपाईंको बिचार