Tuesday, May 21, 2019

ठमेल परिषद् नेतृत्व गुरुङ संकटमा :निर्वाचन या बहिगर्मन निश्चीत

प्रकाशित मिति: 2019/03/15

ठमेल पर्यटन विकास परिषद्को वर्तमान नेतृतवको कार्यअवधी समाप्त भईसकेको अवस्थामा पनि निर्वाचन घोषणा नगरेको भन्दै सदस्यहरुले परिषद्मा हस्ताक्षर संकलन बुझाएका छन ।

आज ठमेल पर्यटन परिषद् कार्यलयमा पुगेर सदस्यहरुले ७ दिनभित्र निर्वाचन घोषणा गर्न माग गर्दै ५२५ भन्दा बढि सदस्यहरुको हस्ताक्षर बुझाएका हुन । ठमेल परिषद् नेतृव्व समिर गुरुङ समेतको रोहवरमा सदस्यहरुले २ बजेर ४५ मिनेटमा दर्ता नं ७४ मा दर्ता भएको हस्ताक्षर संकलनमार्फत सदस्यहरुले ७ दिनभित्र पनि निर्वाचन घोषणा नगरिए सिडियो कार्यलयमा गएर कानुनी उपचार खोज्ने र दुईतिहाईको बलबाट नेतृत्वलाई बर्हिगमित गरिने परिषद् सदस्यले चेतावनी दिएका छन ।

सदस्यहरुले यसअघि पनि निर्वाचन घोषणा गर्न माग गर्दै हस्ताक्षर संकलन सुरु गरेका थिए । यसबिचमा पटकपटक निर्वाचन घोषणा गर्न आग्रह गर्दा पनि गुरुङले बेवास्ता गर्दै आएका थिए । सदस्यहरुले नेतृत्व हावादारी र तर्कहिन बिषयमा अल्झेर बसेको, परिषद्को गरिमालाई कलंकीत बनाउन उद्यत रहेको तथा व्यावसायी र पर्यटन क्षेत्र सुधारमा शुन्यताको स्थीति देखिएको भन्दै आक्रोस व्यक्त गरेका छन । यस्तोमा अन्तीम पटक ७ दिनको समयभित्र पनि निर्वाचन घोषणा नगरिए दुईतिहाईको बल प्रयोग गरिने र त्यो ठमेल पर्यटनको ईतिहासमा दुर्भाग्य हुने भन्दै नेतृत्व सच्चिने अवशर आफुहरुले दिएको एक सदस्यले बताए । ठमेल पर्यटनमा हाल ७९३ सदस्य रहेका छन । जसमध्ये ५२३ सदस्यले बिरोधस्वरुप हस्ताक्षर अभियानमा संलग्न भईसकेका छन । यसरी हेर्दा ठमेलको राजनीतिक सरगर्मी हप्तादिन पछाडी सम्मका लागि निर्वाचन या नेतृत्व हस्तान्तरणमा टुंगीने निश्चीत देखीएको व्यवसायीहरुको बुझाई छ ।

यस्तो छ, ठमेल परिषद्को बर्तमान पृष्ठभुमि

वर्तमान कार्यसमितीको कार्यअवधि माघ २६ सम्म मात्र रहेकोमा परिषद्ले निर्वाचन कार्यतालिका माघ १६ गतेलाई तोकेको थियो । तर निर्वाचन गराउन नसकेपछि परिषद्ले विधान उल्लघंन गरेर ६ महिना अवधी थप गरेको थियो, जसका लागि सिडियोको आदेश पर्खनुपर्ने कानुनतः व्यवस्था छ । थपिएको ६ महिने निर्वाचन अवधी मध्ये फागुन ३० गते ३५ दिन पगीसकेको छ । उक्त अवधीमा पनि निर्वाचन घोषणा नगरिए सिडियो कार्यालय जाने सदस्यहरुले यसअघि नै चेतावनी दिएका थिए । परिषद् नेतृत्वले २ वर्षदेखी साधारणसभा नगरेको, ठमेलका बासिन्दाका लागि काम गर्न नसकेको, परिषद्लाई गुमराहमा राख्ने र आफुखुसी निर्णय गरेको र प्रचारबाजीमा मात्र लागेको प्रति स्थानिय र व्यवसायीको आपत्ति जनाउँदै आएका छन । यसका साथै व्यावसायी र घरधनीको मानमर्दन गरेको, समृद्ध ठमेलको कुरा गरेर हावादारी प्रबृत्तिमात्रै देखाएकोप्रति परिषद सदस्य र व्यवसायीको आपत्ति छ ।

 

तपाईंको बिचार