Monday, October 14, 2019

पर्यटकीय स्थलहरुमा टुरगाइड लाइसेन्स चेकिङमा तीव्रता

प्रकाशित मिति: 2019/03/17

३ चैत्र, काठमाडौं । टुरिष्ट गाइड एसोसिएसन अफ नेपाल (टुर्गान) र पर्यटक प्रहरीको सहकार्यमा अवैधानिक गाइडहरुलाई निरुत्साहित गर्नको निम्ति आक्रमक ढंगले लाइसेन्स चेकिङ कार्यलाई अगाडि बढाएको छ ।

आज वसन्तपुरस्थित काठमाडौं दरबार स्क्वारमा चेकिङ कार्यमा करिब ५ जना अवैधानिक गाइडहरुलाई पर्यटक प्रहरीले नियन्त्रणमा लिई अगामी दिनमा सो कार्य नदोहो¥याउने प्रतिवद्धताका साथ ती गाइडहरुलाई चेतावनी दिई छोडिएको छ ।

टुरिष्ट गाइड एसोसिएसन अफ नेपाल (टुर्गान) का अध्यक्ष केदार तामाङले गन्तव्य नेपालसँग संक्षिप्त कुराकानी गर्दै अवैधानिक गाइडिङ धेरै नियन्त्रणमा आइसकेको र अगामी दिनमा पनि हामीले पर्यटक प्रहरीसँग सहकार्य गरी यस्ता अवैधानिक गतिविधिलाई पूर्ण रुपमा नियन्त्रण र निरुत्साहित गर्न एउटा अभियानको रुपमा लिने बताउनुभयो ।
 
तामाङले सम्पुर्ण टुरिष्ट गाइडहरुलाई टुर गाइड लाइसेन्स अनिवार्य साथमा लिई पर्यटकहरुलाई दृष्याअवलोकन गराउन हुन पनि अनुरोध गरेका छन् । साथै सम्पुर्ण ट्राभल तथा ट्रेकिङ कम्पनीहरुलाई पनि लाईसेन्स प्राप्त वैधानीक टुरगाइडहरु मात्र लिई नेपाल भ्रमण गर्न आएका विदेशी पर्यटकहरुलाई पर्यटकीय स्थलहरुमा दृष्यावलोकन गराउनु हुन पनि अपिल गरेका छन् ।   

 

 

तपाईंको बिचार