Thursday, August 22, 2019

प्रथम ‘निग्रोधराम उत्सव’ को आयोजना गरिदै

प्रकाशित मिति: 2019/03/17

३ चैत्र, कपिलवस्तु । कपिलवस्तु नगरपालिका वडा नम्बर २ मा आयोजना हुन लागेको प्रथम निग्रोधराम उत्सवको भव्य रुपमा मनाइने आयोजकले जनाएका छन् । बुद्धले बुद्धत्व प्राप्त गरेपछि आज भन्दा करिब २६२७ बर्ष अघि आफ्ना परिवारका सदस्यलाई निग्रोधराममा भेटन गौतम बुद्ध प्रश्थान गरेको स्मरणमा उत्सव मनाउन थालिएको हो ।

फागु पूर्णिमाका दिन पारी भारतको राजगिरबाट गौतम बुद्ध आफ्ना ३ सय भिक्षुलाई साथ लिई निग्रोधरामका लागी प्रस्थान गरेका थिए । भगवान गौतमले ज्ञान प्राप्त गरे पछि पहिलो पटक राजधानी कपिलवस्तु आउदा बुवा शुद्धोदनलाई भेटघाट गर्नुका साथै श्रीमती यशोधरा र छोरा राहुललाई बौद्ध संघमा सामेल गराइएको स्थलको रुपमा निग्रोधराम परिचित छ ।

निग्रोधरामको प्रचार गर्न तथा पर्यटन प्रबद्र्धन गर्नका लागि लुम्बिनी विकास कोष, कपिलवस्तु नगरपालिका, कपिलवस्तु नगरपालिका वडा नम्बर २ र यशोधरा गाँउपालिकाले फागुन ६ गते प्रदेशका पर्यटनमन्त्री लिला गिरीले उत्सवलाई सम्बोधन गर्ने भएका छन् ।

प्रथम निग्रोधराम उत्सव आयोजक समितिका संयोजक तथा लुम्बिनी विकास कोषका कार्यकारी सदस्य राजेश ज्ञवालीले पत्रकार सम्मेलन गरी निग्रोधराम उत्सवले बुद्धस्थलको प्रबद्र्धनमा सहयोग पु¥याउने बताए । उत्सवका अवसर पारेर बुद्ध शासन बारे जानकारी, नाटक, दिप प्रज्वलन र बुद्धको आगमनमा गरिएको खुसीयाली अनुरुप सामूहिक फागु खेलिने उनले जनाए ।

तपाईंको बिचार