Sunday, October 20, 2019

समिरको अहंकार अधोगति उन्मुख :पदाधिकारी भन्छन, दुईतिहाईको बलमा मिल्काईदिन्छौ

प्रकाशित मिति: 2019/03/18

ठमेल पर्यटन विकास परिषद्को अध्यक्ष समिर गुरुङले अबैधानिक रुपमा सत्तामोहमा टिकिरहन व्यवसायीहरुलाई धम्की दिन थालेका छन । २ बर्षे कार्यकाल समाप्त भएको २ महिना नाघिसक्दा पनि निर्वाचन घोषणा गर्न नसकेको भन्दै सदस्यहरुले साधारणसभा बोलाउन आग्रह गर्दा वेवास्ता गर्दै सदस्यहरुलाई धम्की  दिदै तर्साउन थालेका छन ।

एक कार्यसमिती भित्रकै पदाधिकारीले गन्तव्य नेपालसँग कुरा गर्दै गुरुङको यो कदम अधोगति उन्मुख भएको र अटेर गरे दुईतिहाईको बलमा मिल्काईदिने चेतावनी दिए । पदाधिकारी भित्र गुरुङ अल्पमतमा त छदै छन, ठमेल व्यावसायीहरुबिच पनि उनी बद्नाम हुँदै छन । केही दिन अघि मात्र निर्वाचन घोषणा गर्न माग गर्दै दुई तिहाई भन्दा बढि सदस्यले गुरुङकै रोहबरमा हस्ताक्षर बुझाएका थिए । बिशेष सुत्रका अनुसार अव उक्त हस्ताक्षर समिरको उँधोगतिका लागि प्रयोग हुने बेला आएको संकेत मिलेको बताए । 
 

यस्तो थियो पृष्ठभुमि

गत शुक्रबार ठमेल पर्यटन परिषद् कार्यलयमा पुगेर सदस्यहरुले ७ दिनभित्र निर्वाचन घोषणा गर्न माग गर्दै ५२३ भन्दा बढि सदस्यहरुको हस्ताक्षर बुझाएका थिए । 
ठमेल पर्यटनमा हाल ७९३ सदस्य रहेका छन । यसरी हेर्दा ठमेलको राजनीतिक सरगर्मी हप्तादिन पछाडी सम्मका लागि निर्वाचन या नेतृत्व हस्तान्तरणमा टुंगीने निश्चीत देखीएको व्यवसायीहरुको बुझाई थियो । तर समिरको अहिलेको कार्यशैली हेर्दा निर्वाचन घोषणा गर्ने तयारी देखिएको छैन, बरु पेलेर जान सकिन्छ की भन्ने मनोबैज्ञानिक उपायको खोजीमा छन । 
एक महिना अगाडिको स्थीति
वर्तमान कार्यसमितीको कार्यअवधि माघ २६ सम्म मात्र रहेकोमा परिषद्ले निर्वाचन कार्यतालिका माघ १६ गतेलाई तोकेको थियो । तर निर्वाचन गराउन नसकेपछि परिषद्ले विधान उल्लघंन गरेर ६ महिना अवधी थप गरेको थियो, जसका लागि सिडियोको आदेश पर्खनुपर्ने कानुनतः व्यवस्था छ । थपिएको ६ महिने निर्वाचन अवधी मध्ये फागुन ३० गते ३५ दिन पगीसकेको छ । उक्त अवधीमा पनि निर्वाचन घोषणा नगरिए सिडियो कार्यालय जाने सदस्यहरुले यसअघि नै चेतावनी दिएका थिए । परिषद् नेतृत्वले २ वर्षदेखी साधारणसभा नगरेको, ठमेलका बासिन्दाका लागि काम गर्न नसकेको, परिषद्लाई गुमराहमा राख्ने र आफुखुसी निर्णय गरेको र प्रचारबाजीमा मात्र लागेको प्रति स्थानिय र व्यवसायीको आपत्ति जनाउँदै आएका छन । यसका साथै व्यावसायी र घरधनीको मानमर्दन गरेको, समृद्ध ठमेलको कुरा गरेर हावादारी प्रबृत्तिमात्रै देखाएकोप्रति परिषद सदस्य र व्यवसायीको आपत्ति छ ।

तपाईंको बिचार