Wednesday, April 24, 2019

कालिञ्चोक कन्ट्री भिल्ला रिर्सोट पर्यटकलाई लोभ्याउँदै

प्रकाशित मिति: 2019/03/18

दोलखा । नजिकिदो नयाँ बर्ष साथै घमाईलो दिनहरु नजिकिदै गर्दा आजभोली आन्तरीक तथा बाह्य पर्यटकहरुका लागि कालिञ्चोक आकर्षक पर्यटकीय गन्तव्य बन्दै गएको छ । बिभिन्न ट्राभल कम्पनी तथा होटलहरुले पर्यटक लक्षित बिभिन्न प्याकेजहरु सञ्चालन गर्दै आएका छन ।

कालिञ्चोक क्षेत्रको रोमाञ्चक यात्रामा यहाँहरुको बसाईलाई सहज बनाउन लागिपरेको छ, ‘ कालिञ्चोक कन्ट्री भिल्ला रिर्सोट’ ।
आर्कशक र सुबिधायुक्त होटल, बार्तालीमा बसेर सुन्दर सेता हिमालको सिर्रिर सिर्सीरे बतासका बिचका कफीको चुस्की, आफ्ना मनपर्ने साथीका साथ समय व्यतित गर्दाको पल साच्चिनै रोमाञ्चक हुने गर्दछ ।
सन २००९ मा स्थापना भएको यस रिर्सोट बिशेषतः शान्त बातावरण, बिभिन्न पार्टी तथा भोजका लागि कन्फ्रेन्स हल सहितको सुबिधाका साथ एकपटकमा ६५ जना पर्यटकका लागि सेवा दिन सक्षम रहेको रिर्सोट सञ्चालक नबिन खड्का बताउँछन ।
करिब ५ करोडको लगानी भईसकेको यस रिर्सोट उनका बुवा पुस्ताबाटै सञ्चालनमा आएकाले पनि बदलिदो परिस्थीतिमा पर्यटकमैत्री सेवाको लागि कुनै कमी नहुने उनले बताए ।

तपाईंको बिचार