Thursday, August 22, 2019

ठमेल परिषदमा सर्बसम्मत नेतृत्व नटुंगीए नेतृत्व लिन तयार छु :रामचन्द्र गिरी (बिल्ला)

प्रकाशित मिति: 2019/03/23

चैत्र ९, काठमाण्डौ । ठमेल पर्यटन बिकास परिषद्का कार्यसमिती तथा जुझारु सदस्य रामचन्द्र गिरीले परिषद् नेतृत्वका लागि आफ्नो उमेद्धवारी रहने खुलासा गरेका छन । सर्बसम्मत भएमा समिरको नेतृत्व मान्न सकिने भन्दै निर्वाचन हुने अवस्थामा आफु नेतृत्वका लागि तयार भएको बताएका हुन ।
गन्तव्य नेपालसंग कुरा गर्दै गिरीले सभ्य र सुसंस्कृत ठमलेको लागि आफ्नो उमेद्धवारी रहने बताए ।  गिरी एक दशक यता ठमेल पर्यटन क्षेत्रमा सक्रिय व्यक्तित्व हुन ।
यसैबिच ठमेल पर्यटन बिकास परिषद् नेतृत्वको कार्यकाल समाप्त भएको दुई महिना बितिसक्दा पनि परिषद् नेतृत्वले अबैधानिक रुपमा पदमा बसिरहन खोजेको प्रति सिडियो कार्यलयले स्पष्टीकरण सोधेको छ । परिषद् सदस्यहरुले निर्वाचनको नयां मिति घोषणा गर्न पटकपटक ध्यानाकर्षण गराउंदा पनि अटेरी गरेको प्रति सिडियो कार्यलयले पत्र काटेको हो ।
गन्तव्य नेपालसंग कुरा गर्दै एक परिषद् सदस्यले शुक्रबार परिषद् कार्यलयमा सिडियो कार्यलयको पत्र पुगेको बताउंदै ७ दिनभित्र लिखीत जवाफ पेश गर्न सिडियो कार्यलयले परिषद्लाई आदेश पत्र जारी गरेको हो । 

 

तपाईंको बिचार