Wednesday, December 11, 2019

डोमेस्टीक टुरिजम मार्टको प्रचारप्रसार तिब्र, चैत्र मसान्तसम्म बुकिङ खुल्ला

प्रकाशित मिति: 2019/03/26


 

 

 

 

 

 

चैत्र १२, काठमाण्डौ । गन्तव्य नेपाल इभेन्ट म्यानेजमेन्टले यही बैशाख १३ र १४(अप्रिल २६ र २७) गते आयोजना गर्न लागेको डोमेस्टीक टुरिजम मार्ट (डिटिएम)को  तयारी अन्तीम चरणमा पुगेको छ । 

भृकुटीमण्डप स्थीत प्रदर्शनीहलसहितको चौरमा हुने मार्टमा उल्लेख्य ७७ वटै जिल्लाहरुबाट व्यापारिक तथा सांस्कृतिक स्टल बुकिङ हुने क्रम तिब्र रहेको र प्रचारप्रसार तिब्र पारिएको आयोजकले जनाएको छ । हालसम्म ८७ वटा स्टल बुकिङ भईसकेको मार्टमा २२५ पर्यटन सम्बद्ध व्यापारिक स्टल रहनेछन । स्टल बुकिङका लागि चैत्र मसान्तसम्मको समय तय भएको आयोजकले जनाएको छ ।

२० लाख पर्यटक भित्र्याउने लक्ष्यका साथ सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० लाई टेवा पु¥याउनुका साथै लुकेर रहेका पर्यटकीय सम्भावनाहरुको उजागर गर्दै पर्यटनबारे सकारात्मक सन्देश प्रवाह गर्ने उद्देश्यका साथ मार्ट आयोजना मेलाका संयोजक माधवप्रकास सुबेदी ले बताउनुभयो ।
गन्तव्य नेपाल इभेन्ट म्यानेजमेन्टका अध्यक्ष शिव अधिकारी (अविरल)ले देशैभरी पर्यटनको सचेतना जागरुप गराउने र सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० लाई सफलता उन्मुख गराउने मुख्य उद्देश्यका साथ पर्यटन मेला गरिएको बताउँदै यो महामेला पर्यटन विकास र प्रवद्र्धनको लागि कोशेढुङ्गाा सावित हुने बताउनु भयो । यो महामेलामा उत्साहजनक सहभागिताको लागि आम जनसमुदायलाई आग्रह समेत गर्नुभयो । उक्त मेलाको बाहिरी भागमा राष्ट्रिय ख्यातिप्राप्त कलाकारहरुको बेजोड सांस्कृतिक प्रश्तुती तथा खानाका मिठा परिकार फुड स्टल रहने छ । 

 

 

तपाईंको बिचार