Thursday, August 22, 2019

डोमेस्टीक टुरिजम मार्टको ब्राण्ड एम्बेसडरमा सुरेश बस्नेत मनोनित

प्रकाशित मिति: 2019/03/27

बैशाख १३, काठमाण्डौ । गन्तव्य नेपाल गु्रप अन्र्तगत रहेको गन्तब्य नेपाल ईभेन्ट म्यानेजमेन्टले २०७६ बैशाख १३ र १४ (अप्रिल २६ र २७) गते काठमाण्डौको भृकुटीमण्डप प्रदर्शनी हलसहितको चौरमा आयोजना गर्न गईरहेको डोमेस्टीक टुरिजम मार्ट (डिटीएम)का लागि नेपलिज वल्र्डवाईड सेफ्स एसोसिएसनका उपाध्यक्ष एसिया तथा नेपलिज फुड गुरु सुरेश बस्नेतलाइ डिटीएमको ब्राण्ड एम्बेसडरमा मनोनित गरेको छ ।

गन्तव्य नेपालको आज बिहान बसेको पदाधिकारीहरुको बैठकले बस्नेतलाई ब्राण्ड एम्बेसडरमा मनोनित गरेको हो ।
गन्तव्य नेपाल गु्रपका अध्यक्ष शिब अधिकारी ‘अबिरल’ ले पर्यटन क्षेत्रमै सबैभन्दा ठुलो र भब्य कार्यक्रमको तयारीमा आफुहरु लागिपरेको बताउदै कार्यक्रमलाई गतिशिल र दिशाबोध गराउनको लागि बस्नेतलाई ब्राण्ड एम्बेसडरको रुपमा मनोनित गरिएको बताउनुभयो ।
बस्नेतले आन्तरीक पर्यटन मेलालाई उचाईमा पुर्याउनका लागि महत्वपुर्ण भुमिका खेल्ने गु्रपले अपेक्षा लिएको छ ।
बस्नेत पर्यटन पत्रकारिताका क्षेत्रमा पनि आबद्ध छन ।

तपाईंको बिचार