Wednesday, April 24, 2019

डोमेस्टीक टुरिजम मार्टको लागि ऋषि धमलाको संयोजकत्वमा १०१ मिडिया कमिटी गठन

प्रकाशित मिति: 2019/03/27

बैशाख १३, काठमाण्डौ । गन्तव्य नेपाल गु्रप अन्र्तगत रहेको गन्तब्य नेपाल ईभेन्ट म्यानेजमेन्टले २०७६ बैशाख १३ र १४ (अप्रिल २६ र २७) गते काठमाण्डौको भृकुटीमण्डप प्रदर्शनी हलसहितको चौरमा आयोजना गर्न गईरहेको डोमेस्टीक टुरिजम मार्ट (डिटीएम)का लागि रिपोर्टर्स क्लव नेपालका केन्द्रीय अध्यक्ष ऋषि धमलाको संयोजकत्वमा १०१ जनाको मिडिया कमिटी गठन गरेको छ । 

गन्तव्य नेपाल गु्रपको आज अपरान्ह बसेको पदाधिकारीहरुको बैठकले धमलाको संयोजकत्वमा मिडिया कमिटी गठन गरेको हो । त्यसै गरी मिडिया सहसंयोजकमा राष्ट्रिय समाचार समितिका कार्यकारी सम्पादक विकास लोहनी र उपसंयोजकमा द राइजिङ नेपाल दैनिकका नायव कार्यकारी सम्पादक नारायण उपाध्याय रहेका छन् । अन्य मिडिया कमिटीमा टेलिभिजन, राष्ट्रिय दैनिक, साप्ताहिक, पाक्षिक, मासिक, अनलाईन समाचार, एमएम, रेडियो, स्वतन्त्र पत्रकार, फोटो पत्रकारलगायत रहेका छन् । 

गन्तव्य नेपाल गु्रपका अध्यक्ष शिब अधिकारी ‘अबिरल’ ले पर्यटन क्षेत्रमै निजी क्षेत्रको प्रतिनिधित्व गर्दै पहिलो पटक आन्तरिक पर्यटन मेला आयोजना गर्न लागिरहेकोले मेलालाई गतिशिल र दिशाबोध गराउनको लागि धमलाको नेतृत्वमा मिडिया कमिटी गठन गरिएको बताउनु भयो । 

त्यसै गरी डीटीएमका संयोजक माधव प्रकाश सुवेदीले यो मेला सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२०को लागि सफलता उन्मुख भएको बताउँदै यसलाई सफलता गराउनको लागि आम जनसमुदायमा हार्दिक अपिल गर्नुभयो । मेलाको लागि आज बुधबारसम्म ७८ वटा स्टल बुकिङ भईसकेको आयोजकले जनाएको छ । मेलामा २२५ व्यापारिक तथा साँस्कृतिक स्टलहरु रहने र बाहिरी भागमा साँस्कृतिक कार्यक्रम पनि रहने जनाइएको छ । 

तपाईंको बिचार