Wednesday, June 26, 2019

पर्यटक प्रहरी र बोर्डको अनुशिक्षण सम्पन्न, समृद्ध पर्यटनमा सरोकारवालाको जोड

प्रकाशित मिति: 2019/03/28

 चैत्र १४, काठमाण्डौ । पर्यटक प्रहरी ईकाई कमिटी भृकुटीमण्डप र नेपाल पर्यटन बोर्डले संयुक्त रुपमा आयोजना गरेको पर्यटक, सार्वजनिक सवारी, रिक्सा चालक तथा पर्यटन सरोकारसँग सम्बन्धीत अनुशिक्षण प्रशिक्षण कार्यक्रम नेपाल पर्यटन बोर्डको प्राङ्गणमा सम्पन्न भएको छ ।

कार्यक्रममा महानगरिय ट्राफिक प्रहरी महाशाखा, रामशाहपथ प्रमुख बसन्तकुमार पन्तले पर्यटन यातायातलाई व्यवस्थीत बनाउनको लागि रणनितिक योजना तयार पारिएको बताउँदै काठमाण्डौ भित्र ट्याक्सी रिक्सा लगायत अन्य यातायातलाई राज्यको निति नियममा  ल्याएर अघि बढाउने बताए ।
ट्रेकिङ एजेन्सीज एसोसिएसन अफ नेपाल(टान) अध्यक्ष नवराज दाहालले भिजीट नेपाल २०२० हुन गईरहेको सन्दर्भमा पर्यटन यातायातलाई बिकृति बिसंगती मक्त बनाउनुपर्ने बताए ।
नेपाल एसोसिएसन टुर एण्ड ट्राभल एजेण्ट्स (नाट्टा) का उपाध्यक्ष अच्युत गुरागाईले पर्यटन बर्षलाई सफल बनाउनको लागि व्यवस्थीत यातायातको जरुरी रहेको बताए ।
नेपाल माउन्टेनियरिङ एसोसिएसनका महासचिव कुलबहादुर गुरुङले यातायात मजदुरहरुलाई प्रशिक्षणको  आवश्यक्ता रहेको बताउँदै मजदुरहरुलाई हस्पीटालीटी सहितको ड्रेस कोड आवश्यक रहेको बताए ।
एचआरएका अध्यक्ष नरेन्द्र देब भट्टले अन्तर्राष्ट्रिय जगतले अवलम्बन गरेको यातायातको सिस्टमलाई अवलम्बन गर्न राज्य लाग्नुपर्ने बताए । उनले अब्यवस्थीत यातायातलाई व्यवस्थीत बनाउनुपर्नेमा जोड दिए ।
नेपाल  राष्ट्रिय यातायात व्यवसायी महासंघका महासचिव सरोज सिटौलाले यातायात चालकहरुले अनुशासित, मर्यादित भएर र राज्यको नितिनियम अनुसार चल्नुपर्ने बताउँदै त्यसको लागि यातायात व्यवसायी र सरोकारवालाहरु पनि  बिधि बिधानमा बसेर काम गर्नुपर्ने बताए । उनले जसले जे गर्नुपर्ने हो त्यही गर्ने र नगर्नुपर्ने काम नगरेको खण्डमा व्यवस्थीत सवारी यातायात कायम हुने बताए ।
राष्ट्रिय पर्यटन पत्रकार संघ(नाटोज) अध्यक्ष शिव अधिकारी ‘अबिरल’ ले पर्यटन क्षेत्रमा अबैधानिक गतिबिधीहरु बढिरहेको र त्यसलाई नियन्त्रण गर्न राज्य निरिह देखीदै आएको अवस्थामा पछिल्लो समय पर्यटन बिभाग र पर्यटन प्रहरीले देखाएको सक्रियता जायज रहेको बताए । उनले नियन्त्रणमा खटिएको बिभाग र प्रहरीलाई प्रभावमा पार्ने कोशिस देखिएको भन्दै त्यस्ता व्यक्तिहरुलाई पत्रकारिताका माध्यमबाट सम्पुर्ण शक्ति लगाएर निस्तेज पारिने बताए ।
पर्यटक प्रहरी निरिक्षक अमृत बहादुर बस्नेतले पर्यटक यातायात, चालक, सहचालकहरुलाई प्रशिक्षण दिने कार्यले अबका दिनमा यातायात क्षेत्रमा निरन्तरता पाउने र यसका लागि सम्बद्ध सबै सरोकारवालाहरुसँग सहकार्य गरिने बताए । 

तपाईंको बिचार