Monday, October 14, 2019

डोमेस्टीक टुरिजम मार्टको एम्बेसडरमा न्यौपाने, सापकोटा, शेर्पा, धरेल, गुरुङ र श्रेष्ठ मनोनित

प्रकाशित मिति: 2019/03/31

चैत्र १७, काठमाण्डौ । गन्तव्य नेपाल गु्रप अन्र्तगत रहेको गन्तब्य नेपाल ईभेन्ट म्यानेजमेन्टले २०७६ बैशाख १३ र १४ (अप्रिल २६ र २७) गते काठमाण्डौको भृकुटीमण्डप प्रदर्शनी हलसहितको चौरमा आयोजना गर्न गईरहेको डोमेस्टीक टुरिजम मार्ट (डिटीएम)का लागि रसुवा नुवाकोट पर्यटन समाजका अध्यक्ष बलराम न्यौपाने, बरिष्ठ पर्यटन व्यवसायी तथा टानका पूर्वमहासचिव हरी धरेल, नेपाल पर्यटन बोर्डका पूर्व सञ्चालक समिती सदस्यद्धय राजेन्द्रप्रसाद सापकोटा,  फुर्वा ग्याल्जेन शेर्पा, नेपाल पर्वतारोहण संघका महासचिव कुलबहादुर गुरुङ, गाँउ पर्यटन प्रवद्र्धन मञ्चका पूर्व अध्यक्ष कमल सापकोटा र टानका पूर्व कोषाध्यक्ष गोपालबाबु श्रेष्ठलाई सद्भावना दुत (गुडविल एम्बेसडर)मा मनोनित गरिएको छ ।

गन्तव्य नेपाल गु्रपको आज बिहान कमलादी स्थीत सचिवालयमा बसेको  पदाधिकारीहरुको बैठकले आन्तरीक पर्यटन मेलालाई भव्य र सब्य बनाउन र मेलाको पूर्नताजगीका लागि सद्भावना दुत मनोनित गरिएको बताएको छ ।
गन्तव्य नेपाल गु्रपका अध्यक्ष शिब अधिकारी ‘अबिरल’ ले पर्यटन क्षेत्रमै निजी क्षेत्रको प्रतिनिधित्व गर्दै पहिलो पटक आन्तरिक पर्यटन मेला आयोजना गर्न लागिरहेकोले मेलालाई गतिशिल र दिशाबोध गराउनको लागि पर्यटन क्षेत्रका युवा डायनामिक व्यक्तित्वहरुलाई डिटीएम सद्भावना दुत मनोनित गरिएको बताए । गन्तव्य नेपालले पर्यटन क्षेत्रको लागि महाअभियान सुरुवात गरेको बताउँदै मेलालाई पर्यटन मैत्री बनाउनका लागि यो या त्यो नभनी आमनागरिकहरुको सहभागिताका लागि अबिरलले अपिल गरे ।
त्यसै गरी डीटीएमका संयोजक माधव प्रकाश सुवेदीले यो मेला सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२०को लागि सफलता उन्मुख भएको बताउँदै यसलाई सफलता गराउनको लागि आम जनसमुदायमा हार्दिक अपिल गरे । मेलाको लागि आज आईतबारसम्म ८१ वटा स्टल बुकिङ भईसकेको आयोजकले जनाएको छ । मेलामा २२५ व्यापारिक तथा साँस्कृतिक स्टलहरु रहने र बाहिरी भागमा साँस्कृतिक कार्यक्रम पनि रहने जनाइएको छ । यसका साथै मिठो खानासहितको फुड स्टल रहने छन ।

तपाईंको बिचार