Monday, October 14, 2019

अन्ततः ठमेल परिषद्ले निर्वाचन घोषणा गर्यो, परिषद् ध्वस्त बनाउन लागेका खेतालाहरु भागाभाग

प्रकाशित मिति: 2019/03/31

चैत १७, काठमाडौं । ठमेल पर्यटन विकास परिषद्को साधारण सभासहितको निर्वाचन यहि जेष्ठ २५ गते हुने भएको छ । आइतबार बसेको परिषद्को कार्यसमिति बैठकले निर्वाचन गर्ने निर्णय गरेको हो । २ बर्षे कार्यकाल समाप्त भएको २ महिना नाघिसक्दा पनि निर्वाचन घोषणा गर्न नसकेको भन्दै सदस्यहरुले साधारणसभा बोलाउन आग्रह गरेसँगै परिषद्ले अटेर गरेपछि परिषद् सदस्यहरु सिडिओ कार्यालयमा गतहप्ता पुगेपछि जिल्ला प्रशासन कार्यालयको दवाव पश्चात बाध्य भएर परिषद्ले निर्वाचन गर्ने निर्णय गरेको हो । सदस्यहरुको दवाव पश्चात परिषद्ले निर्वाचन घोषणा गरेसँगै परिषद्मा अड्डा जमाउन तम्सेर अनुचित कार्य गर्न लालयित बनेका खेतालाहरुको भागाभाग बनेको छ । अन्ततः परिषद्मा ठमेलवासिकै जित भएको छ ।  

यस्तो थियो गन्तव्य नेपालको फलोअप

ठमेल परिषद् नेतृत्व गुरुङ संकटमाः निर्वाचन या बहिगर्मन निश्चीत
ठमेल पर्यटन विकास परिषद्को वर्तमान नेतृतवको कार्यअवधी समाप्त भईसकेको अवस्थामा पनि निर्वाचन घोषणा नगरेको भन्दै सदस्यहरुले परिषद्मा हस्ताक्षर संकलन बुझाएका छन ।

आज ठमेल पर्यटन परिषद् कार्यलयमा पुगेर सदस्यहरुले ७ दिनभित्र निर्वाचन घोषणा गर्न माग गर्दै ५२५ भन्दा बढि सदस्यहरुको हस्ताक्षर बुझाएका हुन । ठमेल परिषद् नेतृव्व समिर गुरुङ समेतको रोहवरमा सदस्यहरुले २ बजेर ४५ मिनेटमा दर्ता नं ७४ मा दर्ता भएको हस्ताक्षर संकलनमार्फत सदस्यहरुले ७ दिनभित्र पनि निर्वाचन घोषणा नगरिए सिडियो कार्यलयमा गएर कानुनी उपचार खोज्ने र दुईतिहाईको बलबाट नेतृत्वलाई बर्हिगमित गरिने परिषद् सदस्यले चेतावनी दिएका छन ।

सदस्यहरुले यसअघि पनि निर्वाचन घोषणा गर्न माग गर्दै हस्ताक्षर संकलन सुरु गरेका थिए । यसबिचमा पटकपटक निर्वाचन घोषणा गर्न आग्रह गर्दा पनि गुरुङले बेवास्ता गर्दै आएका थिए । सदस्यहरुले नेतृत्व हावादारी र तर्क्हिन बिषयमा अल्झेर बसेको, परिषद्को गरिमालाई कलंकीत बनाउन उद्यत रहेको तथा व्यावसायी र पर्यटन क्षेत्र सुधारमा शुन्यताको स्थीति देखिएको भन्दै आक्रोस व्यक्त गरेका छन । यस्तोमा अन्तीम पटक ७ दिनको समयभित्र पनि निर्वाचन घोषणा नगरिए दुईतिहाईको बल प्रयोग गरिने र त्यो ठमेल पर्यटनको ईतिहासमा दुर्भाग्य हुने भन्दै नेतृत्व सच्चिने अवशर आफुहरुले दिएको एक सदस्यले बताए । ठमेल पर्यटनमा हाल ७९३ सदस्य रहेका छन । जसमध्ये ५२३ सदस्यले बिरोधस्वरुप हस्ताक्षर अभियानमा संलग्न भईसकेका छन । यसरी हेर्दा ठमेलको राजनीतिक सरगर्मी हप्तादिन पछाडी सम्मका लागि निर्वाचन या नेतृत्व हस्तान्तरणमा टुंगीने निश्चीत देखीएको व्यवसायीहरुको बुझाई छ ।

यस्तो छ, ठमेल परिषद्को बर्तमान पृष्ठभुमि
वर्तमान कार्यसमितीको कार्यअवधि माघ २६ सम्म मात्र रहेकोमा परिषद्ले निर्वाचन कार्यतालिका माघ १६ गतेलाई तोकेको थियो । तर निर्वाचन गराउन नसकेपछि परिषद्ले विधान उल्लघंन गरेर ६ महिना अवधी थप गरेको थियो, जसका लागि सिडियोको आदेश पर्खनुपर्ने कानुनतः व्यवस्था छ । थपिएको ६ महिने निर्वाचन अवधी मध्ये फागुन ३० गते ३५ दिन पगीसकेको छ । उक्त अवधीमा पनि निर्वाचन घोषणा नगरिए सिडियो कार्यालय जाने सदस्यहरुले यसअघि नै चेतावनी दिएका थिए । परिषद् नेतृत्वले २ वर्षदेखी साधारणसभा नगरेको, ठमेलका बासिन्दाका लागि काम गर्न नसकेको, परिषद्लाई गुमराहमा राख्ने र आफुखुसी निर्णय गरेको र प्रचारबाजीमा मात्र लागेको प्रति स्थानिय र व्यवसायीको आपत्ति जनाउँदै आएका छन । यसका साथै व्यावसायी र घरधनीको मानमर्दन गरेको, समृद्ध ठमेलको कुरा गरेर हावादारी प्रबृत्तिमात्रै देखाएकोप्रति परिषद सदस्य र व्यवसायीको आपत्ति छ ।

समिरको अहंकार अधोगति उन्मुख स्पदाधिकारी भन्छन, दुईतिहाईको बलमा मिल्काईदिन्छौ
ठमेल पर्यटन विकास परिषद्को अध्यक्ष समिर गुरुङले अबैधानिक रुपमा सत्तामोहमा टिकिरहन व्यवसायीहरुलाई धम्की दिन थालेका छन । २ बर्षे कार्यकाल समाप्त भएको २ महिना नाघिसक्दा पनि निर्वाचन घोषणा गर्न नसकेको भन्दै सदस्यहरुले साधारणसभा बोलाउन आग्रह गर्दा वेवास्ता गर्दै सदस्यहरुलाई धम्की  दिदै तर्साउन थालेका छन ।

एक कार्यसमिती भित्रकै पदाधिकारीले गन्तव्य नेपालसँग कुरा गर्दै गुरुङको यो कदम अधोगति उन्मुख भएको र अटेर गरे दुईतिहाईको बलमा मिल्काईदिने चेतावनी दिए । पदाधिकारी भित्र गुरुङ अल्पमतमा त छदै छन, ठमेल व्यावसायीहरुबिच पनि उनी बद्नाम हुँदै छन । केही दिन अघि मात्र निर्वाचन घोषणा गर्न माग गर्दै दुई तिहाई भन्दा बढि सदस्यले गुरुङकै रोहबरमा हस्ताक्षर बुझाएका थिए । बिशेष सुत्रका अनुसार अव उक्त हस्ताक्षर समिरको उँधोगतिका लागि प्रयोग हुने बेला आएको संकेत मिलेको बताए । 

 यस्तो थियो पृष्ठभुमि

गत शुक्रबार ठमेल पर्यटन परिषद् कार्यलयमा पुगेर सदस्यहरुले ७ दिनभित्र निर्वाचन घोषणा गर्न माग गर्दै ५२३ भन्दा बढि सदस्यहरुको हस्ताक्षर बुझाएका थिए । 

ठमेल पर्यटनमा हाल ७९३ सदस्य रहेका छन । यसरी हेर्दा ठमेलको राजनीतिक सरगर्मी हप्तादिन पछाडी सम्मका लागि निर्वाचन या नेतृत्व हस्तान्तरणमा टुंगीने निश्चीत देखीएको व्यवसायीहरुको बुझाई थियो । तर समिरको अहिलेको कार्यशैली हेर्दा निर्वाचन घोषणा गर्ने तयारी देखिएको छैन, बरु पेलेर जान सकिन्छ की भन्ने मनोबैज्ञानिक उपायको खोजीमा छन ।

एक महिना अगाडिको स्थीति

तपाईंको बिचार