Thursday, August 22, 2019

डोमेस्टीक टुरिजम मार्टको कानुनी सल्लाहकारमा वरिष्ठ कानुनी अधिवक्ता हिरा रेग्मी मनोनीत

प्रकाशित मिति: 2019/03/31

चैत १७, काठमाण्डौ । गन्तव्य नेपाल गु्रप अन्र्तगत रहेको गन्तब्य नेपाल ईभेन्ट म्यानेजमेन्टले २०७६ बैशाख १३ र १४ (अप्रिल २६ र २७) गते काठमाण्डौको भृकुटीमण्डप प्रदर्शनी हलसहितको चौरमा आयोजना गर्न गईरहेको डोमेस्टीक टुरिजम मार्ट (डिटीएम)का लागि वरिष्ठ कानुनी अधिवक्ता  हिरा रेग्मीलाई कानुनी सल्लाहकारमा मनोनित गरेको छ ।

गन्तव्य नेपालको आज साँझ बसेको पदाधिकारीहरुको बैठकले रेग्मीलाई कानुनी सल्लाहकारमा मनोनित गर्ने निर्णय गरेको हो ।

गन्तव्य नेपाल गु्रपका अध्यक्ष शिब अधिकारी ‘अबिरल’ ले पर्यटन क्षेत्रमै सबैभन्दा ठुलो र भब्य कार्यक्रमको तयारीमा आफुहरु लागिपरेको बताउदै कार्यक्रमलाई गतिशिल र दिशाबोध गराउनको लागि रेग्मीलाई कानुनी सल्लाहकारमा मनोनित गरिएको बताउनुभयो ।

डिटिएमका संयोजक माधव प्रकाश सुवेदीले कानुनी व्यवसायको वरिष्ठता र पर्यटनमा चिरपरिचित भएको आधारमा उहाँलाई कानुनी सल्लाहकारको जिम्मेवारी दिएको बताउनु भयो । 
अधिवक्ता रेग्मीले आन्तरीक पर्यटन मेलालाई उचाईमा पुर्याउनका लागि महत्वपुर्ण भुमिका खेल्ने गु्रपले अपेक्षा लिएको छ ।

तपाईंको बिचार