Wednesday, April 24, 2019

नाटोजको शुभकामना, अप्रिल दोस्रो साता कल्पना सगरमाथा चढ्दै

प्रकाशित मिति: 2019/04/02

चैत्र १९, काठमाण्डौ ।पर्वतारोही तथा राष्ट्रीय पर्यटन पत्रकार संघ (नाटोज) की कोषाध्यक्ष कल्पना महर्जन दोस्रो पटक सगरमाथाको आरोहणको तयारीमा जुटेकी छन ।
शिक्षामार्फत बालबिवाहको अन्त्य भन्ने मुल नाराका साथ यही अप्रिल दोस्रो साता काठमाण्डौ बाट ल्हासा हुँदै तिबेटको मोहडाबाट एकल आरोहण गर्न लागेकी हुन ।
आज राष्ट्रिय पर्यटन पत्रकार संघको केन्द्रीय सचिवालय कमलादीमा शुभकामना दिन आयोजित कार्यक्रममा पदाधिकारी तथा सदस्यहरुले आरोहणको सफलताका लागि शुभकामना दिदै राष्ट्रिय पर्यटन पत्रकार संघ (नाटोज) अंकित व्यानर हस्तान्तरण गरिएको थियो ।
आरोहणबारे आफ्नो भनाई राख्दै मर्हजनले शिक्षाका माध्यमबाट बालबिवाह अन्त्य गर्नका लागि आफुले दोस्रो पटक सगरमाथाको आरोहणमा जुटेको बताउँदै यसले पर्यटन बर्ष २०२० सफल बनाउन पनि महत्वपुर्ण भुमिका खेल्ने बताईन ।
राष्ट्रिय पर्यटन पत्रकार संघ (नाटोज) का सल्लाहकार मनोजकुमार श्रेष्ठ भँडेलले आरोहण आफैमा चुनौतीपुर्ण भएपनि उनको उत्साहलाई सबैले सहयोग गर्नुपर्ने र पर्यटन क्षेत्रको प्रचारमा उनको आरोहण महत्वपुर्ण हुने बताए ।
राष्ट्रिय पर्यटन पत्रकार संघ(नाटोज)का अध्यक्ष शिव अधिकारी ‘अबिरल’ ले आरोहण महाअभियानका रुपमा रहेको बताउँदै पर्यटन बर्ष २०२० सफल पार्न तथा शिक्षाका माध्यमबाट बालबिवाहको अन्त्यको खोजीमा नाटोजकै पदाधिकारी अग्रशर भएकोमा आफुलाई खुसी लागेको बताए ।
उनले महर्जन साहसी महिला भएकाले दोस्रो पटकको आरोहण पनि सफलतामा पुगोस भन्दै शुभकामना दिए ।
महर्जन यसअघि अघिल्लो बर्ष २०१८ मे महिनामा सगरमाथाको सफल आरोहण गरेकी थिईन ।

 

तपाईंको बिचार