Monday, October 14, 2019

कर्णालीका आँगनमा चामलका बोरा फ्याकिरहे, पछौटे भन्न पनि छाडेनन :दिपक बहादुर बुढा

प्रकाशित मिति: 2019/04/05

चैत्र २२, काठमाण्डौ ।कर्णालीलाई भोका नाङ्गा र गरिब पछौडे भन्नमै राज्य लागिरह्यो । शहरीया हुँ भन्नेहरुले पनि हो मा हो मिलाए तर यसभित्रको संभावना कहिल्यै खोतल्ने प्रयास गरिएन, कम्तीमा कर्णालीमा जन्मीएको नाताले राज्यले गरेको बिभेद आमनागरिकले भोगिरहनुपर्ने स्थीतिको खोजिका लागि जुटिरहेको छु, हेर्दै जानुस कम्तीमा १५ बर्षे अवधीमा मेरो एकल प्रयासले नै भएपनि कर्णालीका गरिबिकी रेखामा रहेका नागरिकको जिबनस्तर सुधार्ने गरी अगाडि बढ्छु, यही मेरो जिबन बिश्वास हो ।

दिपक बहादुर बुढा । कर्णाली अञ्चलको हुम्लामा जन्मिएका हुन उनी । राज्यको लगानीका हिसाबले अहिलेसम्म मोटरबाटो ट्रयाक खोल्ने काममा मात्रै सिमित भैरहँदा उनको सपना भुगोलको सम्पन्नता भन्दा पनि त्यही भुगोलमा स्वास लिने नागरिकको सहज जिबनको खोजीमा लागिपरेका छन । ०५७ सालदेखी ०७१ सालसम्मको अवधी उनले काठमाण्डौमा अध्यापनमा नै बिताए । मास्टर्स डिग्री हातमा लिएको व्यक्ति जागिरे मानसिकता उनमा पनि भरिएकै थियो । यद्यपी समय यस्तो आयो, केबल पेट पाल्ने बिकल्प मात्रै उनका लागि जायज भएन, कम्तीमा आफुभन्दा तल्लो बर्ग जो आम्दानीको ८० प्रतिशत भुगोलको कारण आयातित खाद्यन्नको जोहोमा खर्च गर्छ, बाँकी २० प्रतिशतले जिबन सम्पन्न हुने कुरै भएन । कम्तीमा राज्यले नहेरेको भुगोल भनेर चित्रण भईरहँदा नागरिकका तहबाट आर्थिक समृद्धि हासिल गर्न फेरी पनि सरकारकै मुख ताक्नुपर्ने स्थीति बनीरहने स्थीति सुखद हुन सक्दैन भन्ने उनले बुझे र सुरु गरे ‘हिमालयन कर्नर अर्गानिक जोन रेष्टुरेन्ट’ । काठमाण्डौको सातदोबाटोमा अवस्थीत यस रेष्टुरा नितान्त अर्गानिक पृष्ठभुमिमा हिमाली उत्पादनसँग हातेमालो गर्दै अगाडि बढिरहेको छ ।
कर्णालीमा फल्ने मार्सीचामलको खानापरिकार, सिन्के चाउमिनको बिकल्पमा फापरको चाउमिन, मार्सीकै बिरयानी, चिनो चामलको खिर र मार्सी चामलकै बिर्यानी उनको रेष्टुरेन्टका बिशेषता हुन ।
कसैले अर्गानिक रेष्टुरेन्ट खोल्यो त त्यो उसको व्यवसायिक समृद्धि को कुरा हो, यसमा कर्णालीबासीको समृद्धिको कुरा कहाँबाट आयो भन्ने कुरा आउन सक्ला, जायज छ ।
उनको आगामी १५ बर्षे योजनाभित्र उनले रेष्टुरेन्टमा प्रयोग गरेको मार्सी र फापर जुन कर्णाली अञ्चलमा उत्पादनका हिसाबले प्रशिद्धि कमाएको छ, त्यसैको व्यवसायिक उपयोगमा उनको सपना जोडिएको छ ।
गाँउमा साना तहमा उत्पादन भएका मार्सी चामल जुन परिमाणका हिसाबले थोरै हुन्छ, त्यसलाई काठमाण्डौ ल्याएर बेच्न संभव पनि हुँदैन, यस्तोमा समग्र किसानको उत्पादन काठमाण्डौको बजारसँग जोडेर उत्पादनलाई मुल्यसँग जोड्ने र उत्पादनको ग्यारेन्टीसहितको बजारमा बितरण गर्ने गरी  अगाडि बढेको छु, उनले भने ।
हुनतः केही समयअगाडि एकजना ठुला व्यापारीले मार्सी पकाएको सन्दर्भले बजार तताएकै हो, हो त्यही मार्सी कर्णालीबासीले बर्षौदेखी उत्पादन गर्दै आएका छन भने उनीहरुको जिबनस्तर सुर्धान मार्सी र फापर जौ, कोदो प्रयोग हुने की नहुने प्रश्न यहाँनेर छ ।
अमेरिकामा जौको डिनर गर्दा त्यसको स्वास्थ्य लाभ र मानसिक रुपमा सकारात्मक प्रभावको चर्चा हुँदै गर्दा  नेपालमा जौको रोटी खाने व्यक्ति कसरी गरिब र निमुखा हुनसक्छ, सोच बदल्नु जरुरी छ । सेल्फी खिच्न खाईएका ढिडो जस्तै मार्सीको व्यवसायिक उपभोग जरुरी छ ।
अर्को टिठलाग्दो कुरा त के छ, भने कर्णाली बिकट भनेर गित गाउने काममात्रै भयो, भुगोललाई दोस देखाईयो तर यसभित्रका प्राकृतिक चिजको प्रयोगतर्फ ध्यान नै दिईएन । भोका छन भनियो, आईएनजियो दर्ता गर्ने, दुईचार थान राहतका चामल हुम्लीहरुलाई दिने, आफु मोटाउने काममा लागे । बिकल्प कहिल्यै खोजिएन, संसारले मानेको जौ र फापरलाई राज्यले चिनेन, अन्नलाई मुद्रासँग जोडिने मौका कहिल्यै दिईएन । तिनै आईएनजियो चलाउनेहरुले अहिले चुनाब जितेका छन, किनकी चामलका बोरा आँगनमा पुर्याएर गरिब बनाईराख्ने पनि त तिनै हुन ।
२०७१ सालमा यही भृकुटीमण्डपमा हिमाली अर्गानिक समुहले अर्गानिक उत्पादनसँग सम्बन्धीत कार्यक्रममा सहभागिता पछि उनले थाईल्याण्ड भ्रमण गर्ने अवशर पाएँ । त्यहीं उनले पहिलो पटक ससाना परिमाणमा किसानले उत्पादन गरेका स्थानिय चिजहरुलाई होल्ड गरेर बजारीकरणको राम्रो अभ्यास भएको पाएपछि ४ बर्षयता उनी कर्णालीबासीलाई उत्पादनमा प्रोत्साहन दिदै आएका छन । भन्छन,– ‘कम्तीमा यस्तो दिनको प्रतिक्षामा छु, कर्णालीका बारीमा फलेका फापर, जौ र मार्सी बेचेर किसानले लाखौ कमाएको समाचार सुन्न पाईयोस ।’
उत्पादन बजारीकरणका लागि उनको समुह सक्रिय भएर लागि परेकै छ । ढिलोचाँडो किसान र उनको सपना यसमा जोडिने नै छ । महंगा रेष्टुरेन्टमा गएर बियरको चुस्की लगाउने देखी छाक टार्न धौधौ हुने बर्गका बिच आफ्नो स्वास्थ्यप्रति सचेत बर्ग समेत यही समाजमा छन । यसर्थ हिमाली उत्पादनसँग जोडिएको उनको हिमालयन कर्नर बिशुद्ध कर्णाली उत्पादनसँग जोडिएको छ । तपाई कम्प्लेक्समा जानुस मार्सीको चामल पाउनुहुन्छ, खान पाउनुहुन्न, रेष्टुरेन्टमा जानुभयो भने खान पाउनुहोला, चामल किन्न पाउनुहुन्न, यस्तोमा हामीले सञ्चालन गरेको हिमालयन कर्नर दुबै बर्गका लागि अनुकुल छ । समयक्रममा यसको महत्व बढ्दै जान्छ, हेर्दै जानुस, उनले भने ।
नेपाली रेष्ट्रो सेवामा सबै व्यवसायीहरु एकैढंगबाट अगाडि बढिरहेको भन्दै अर्गानिक रेष्टुरेन्टको संख्यात्मक बृद्धि भएमा ग्राहकमा पनि यसको छाप पर्ने उनको बुझाई छ, कोही केही सिक्न चाहन्छ, भने हामी सिकाउन तयार छौ । आन्तरीक डोमेस्टीक मेला यही बैशाख १३ र १४ गते भृकुटीमण्डपमा हुँदैछ, हाम्रो त्यहाँ पनि सहभागिता रहनेछ । ‘हिमाली एग्रोलाई काठमाण्डौका बासिन्दासम्म सहज पहुँच पुर्याउन हामी लागि परीरहेकै छौ,– उनले भने ।’

 

तपाईंको बिचार