Thursday, August 22, 2019

टानप्रति अफवाह नफैलाउन आग्रह, आँधीबेरी राहत कोष स्थापना

प्रकाशित मिति: 2019/04/05

चैत्र २२, काठमाण्डौ ।  ट्रेकिङ एजेन्सीज एसोसिएसन अफ नेपाल (टान)ले बारा र पर्सामा आँधीबेरीबाट प्रभावित व्यक्तिका लागि टान राहत कोष स्थापना गरेको छ । टानका १८ सय सदस्य, पूर्वकार्यसमिती सदस्यहरु, पर्यटन व्यवसायी तथा शुभेच्छुक लगायत सहयोगी दाताहरुलाई सहयोग कोषमा सहभागी हुन टानले अनुरोध गरेको छ ।

टान कोषाध्यक्ष  रामकृष्ण तिम्सीनाले व्यक्तिगत तर्फबाट रु. २५ हजार कोषमा दाखिला गरेको जानकारी दिए । यसका साथै जिबन थापा मगरले १० हजार, राजन काप्री ५ हजार, दिनेश ढकाल ५ हजार, बाबुराम गुरुङ ५ हजार, महेश बुढामगर ५ हजार, जिबन लामा ह्याल्मो ५ हजार,  गोपाल श्रेष्ठ ७ हजार प्रदान गरेका छन । यसका साथै टानका कर्मचारीबाट पनि सहयोग रकम कोषमा दाखिला गरिएको छ ।

यसका साथै सदस्यहरुलाई मेगा बैंकमा रहेको संस्थाको खाता नम्बर ००१००६०२४६७९५ समेत सर्कुलर गरिसकेको छ । टानले संकलन गरेको नगद, खाध्य सामग्री लगायत अत्यावश्यक सामग्री संकलन गरि एक हप्ता भित्रै संबन्धित निकाय मार्फत राहत वितरण गर्ने भएको छ ।  

यसैबिच टानलाई चुस्त र मर्यादित बनाउनको लागि सदस्यहरुलाई एकत्रित गरेर अघि बढ्ने निर्णय भएको कोषाध्यक्ष तिम्सीनाले बताए । यसका साथै ट्रेकिङ गाईड तथा व्यावसायीका समस्या समाधानमा टान सक्रिय रहेको उनले बताए । पदयात्राका क्रममा खुम्बु क्षेत्रमा अलग राष्ट्रको झल्को दिने गरी निजी क्षेत्रबाट ट्रेकिङगाईडहरुलाई निकुञ्ज प्रवेश गर्दा मनोमानी शुल्क लिएको भन्दै त्यस समस्या समाधान गर्न टानले पर्यटनमन्त्री लगायत सम्बद्ध निकायसँग समन्वय समेत गरिहेको बताएको छ ।
 यसका लागि ९ अप्रिलमा बिशेष भेला आयोजना गरिएको छ । पर्यटन बोर्डबाट प्राप्त हुने रकम मध्ये टिम्स रकममा  भुईचालोबाट मृत्यु भएका परिवारका सदस्यलाई हस्तान्तरण गरिने रकमको निकासा भएपनि मेडिकल र हेलीकोप्टर रेस्क्युका शिर्षकको रकम अहिलेसम्म पनि प्राप्त हुन सकिरहेको छैन । अघिल्लो कार्यसमितीले पनि पहल कदमी गरेको टिम्सबापतको करोडौ रकम हालसम्म पनि प्राप्त नभएको स्थीतिमा टानको भुमिका प्रभावकारी भएन भनेर आलोचना मात्रै गरिरहनु त्यति उचित नहुने उनले बताए ।
हालैका दिनमा पदयात्री तालिमका सन्दर्भमा रकम अनियमितता भएको तथा व्यक्तिगत खातामा पैसा जम्मा गरेको जस्ता अफवाह फैलाउन केही व्यक्ति लागि परेको भन्दै उनले टानको बिषयमा अनर्गल प्रचार नगर्न आग्रह गरे । पैसा नै नभएको संस्थामा जथाभावी रुपमा प्रचार गरेर नेतृत्व असफल पार्ने प्रबृत्ति बिगतदेखी देखीएको भन्दै उनले भेला बोलाउँदा नआउने र फुर्सदको खेति टानलाई बनाउन खोजिएको प्रति उनले आक्रोस पोखे । विगतमा कर्मचारीले तलब नपाएको गुनासो सुनिएपनि अहिले सबै कुरा सामान्यतर्फ उन्मुख भएको उनले बताए ।

तपाईंको बिचार