Monday, October 14, 2019

ठमेल परिषद्ममा प्रधान र शर्माबिच कडा प्रतिस्पर्धा हुने

प्रकाशित मिति: 2019/04/05

चैत २२, काठमाडौं । ठमेल पर्यटन विकास परिषद्को साधारण सभासहितको निर्वाचन यहि जेष्ठ २५ गते हुने  घोषणापछि अध्यक्षको प्रत्यासीका रुपमा ठमेल पर्यटन बिकास परिषद्का बर्तमान महासचिव भवि शर्मा र बर्तमान कार्यसमिती सदस्य अर्जुनलाल प्रधानबिच राजनीतिक रंगका बिच नै कडा प्रतिष्पर्धा हुने संकेत देखिएको छ ।

केही दिन अघि बसेको परिषद्को कार्यसमिति बैठकले निर्वाचन गर्ने निर्णय गरेसँगै अध्यक्षका दाबेदारका रुपमा शर्मा र प्रधानको चर्चा सुरु भएको छ ।
२ बर्षे कार्यकाल समाप्त भएको २ महिना नाघिसक्दा पनि निर्वाचन घोषणा गर्न नसकेको भन्दै सदस्यहरुले साधारणसभा बोलाउन आग्रह गरेसँगै परिषद्ले अटेर गरेपछि परिषद् सदस्यहरु सिडिओ कार्यालयमा पुगेका थिए । यससँगै जिल्ला प्रशासन कार्यालयको दवाव पश्चात बाध्य भएर परिषद्ले निर्वाचन गर्ने निर्णय गरेको हो । ठमेलको बढ्दो राजनीतिक सरगर्मीका बिच अबको नेतृत्वले अहिले भोगिरहेको नेतृत्वको एकलबादी सोच अन्त्य गर्ने ढंगले अघि बढ्ने उमेद्धवारलाई आफुहरुले समर्थन गर्ने परिषद् सदस्यले बताए ।  

तपाईंको बिचार