Wednesday, June 26, 2019

डोमेस्टीक टुरीजम मार्टप्रति व्यवसायीहरुको हौसलाले उत्साहित छौ :शिव अधिकारी ’अबिरल’

प्रकाशित मिति: 2019/04/08

चैत्र २५, काठमाण्डौ । आन्तरीक पर्यटन मेला(डिटीएम)को तयारी अन्तीम चरणमा पुगेसँगै प्रचारप्रसार तिब्र पारिएको छ ।

गन्तव्य नेपाल गु्रप अन्र्तगत रहेको गन्तव्य नेपाल ईभेन्ट म्यानेजमेन्टले यही बैशाख १३ र १४(अप्रिल २६ र २७) गते भृकुटीमण्डप प्रदर्शनी हलसहितको चौरमा आयोजना गर्न लागेको मेलामा पर्यटकीय संघसस्था, स्कुल, होटल, हस्तकला लगायत पर्यटन सम्बद्ध व्यवसायहरुको जानकारी सहितको व्यापारिक स्टल रहनेछन ।
हालसम्म १ सयभन्दा बढि स्टल बुकिङ भैसकेको मेलामा सहभागिताका लागि व्यवसायीहरुमाझ तिब्र हौसला देखिएको छ ।
२ सय बढि स्टल रहने उक्त मेलामा ७७ वटै जिल्लाका पर्यटकीय संघसंस्थाहरुले सहभागिताका लागि स्टल बुकिङ गरिसकेको आयोजकले जनाएको छ ।
निजी क्षेत्रबाट पहिलोपटक गर्न लागिएको मेलाले पर्यटन बर्ष २०२० को भिजनलाई मजबुत बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
मेलाका महत्व र आर्कशण बारे बताउँदै गन्तव्य नेपाल ईभेन्ट म्यानेजमेन्टका अध्यक्ष शिव अधिकारी ‘अबिरल’ले नेपालमा पर्यटन क्षेत्रको उत्थानमा निजी क्षेत्रबाट पहिलोपटक आयोजना गर्न लागिएको मेलामा निजी क्षेत्रका व्यवसायीको उत्साहप्रद सहभागिताले आफुहरुलाई थप हौस्याएको बताउँदै यसले दिने सफलता २०२० को मिसनलाई सफल पार्न महत्वपुर्ण हुने बताए ।
ईभेन्ट म्यानेजमेन्टका संयोजक माधव सुबेदीले  फाईदा घाटाको प्रवाह नगरी पर्यटन मैत्री बातावरण श्रृजना गर्न आफुहरु लागिपरेको बताउँदै मेलाको सफलता निश्चीत भएको र यो पर्यटनक्षेत्रको लागि आधारशिलाको रुपमा रहेको बताए ।
 मेलाको बाहिरी भागमा ख्यातिप्राप्त राष्ट्रिय कलाकारहरुबाट बिभिन्न सांस्कृतिक प्रश्तुतीका लागि तयारी तिब्र रुपमा भईरहेको छ, भने ७७ वटै जिल्लाका मिठा खानासहितको मौलिक परिकार स्थल ‘फुड जोन’ समेत रहनेछ ।

 

तपाईंको बिचार