Monday, October 14, 2019

टान कार्यसमिती भित्रको फुट छताछुल्ल, मंगलबार भएको भेलामा झडपको श्रृजना

प्रकाशित मिति: 2019/04/10

चैत्र २७, काठमाण्डौ । ट्रेकिङ एजेन्सिज् एसोसिएसन अफ नेपाल (टान) ले पछिल्लो समय पदयात्रा क्षेत्रमा  देखिदै गएको तमाम समस्याको निकास खोज्न र आगामी रणनीति तय गर्न भन्दै मंगलबार दिउँसो २ बजे पर्यटन बोर्डमा बिशेष भेला आयोजना गर्यो । करिब १८ सय सदस्य रहेको टानमा कार्यसमिती आवद्ध पदाधिकारी र केन्द्रीय सदस्य लगायत करिब २ सय जना ठाँटिएरै पर्यटन बोर्ड पुगे । उपस्थीत मध्ये धेरैले आगामी कार्यनिती कस्तो हुने भन्दा पनि २ बर्षअघि टानको नयाँ नेतृत्व आएपश्चात श्रृजित असन्तुष्टीको निरुपण कसरी हुन्छ, नेतृत्वले कसरी यसबारे प्रष्ट्याउँछन, कानेखुसी र अड्कलबाजीका बिच कार्यक्रम सुरु भयो । अध्यक्ष नवराज दाहालको अनुमति लिएर टानका महासचिव आङ्तेम्बा शेर्पाले कार्यक्रम चलाईरहँदा टानले हालसम्म गरेका सकारात्मक कार्यको चर्चा गर्ने कोशिस गरे, तर उपस्थीत सदस्यहरु अध्यक्षका वयानका चिल्ला कुरा सुन्न तयार थिएनन ।
मुख्यतः टानमा स्वयमं महासचिव र कोषाध्यक्ष रामकृष्ण तिमल्सीना मिलेर टिम्सबापतको रकम आफुखुसी पटकपटक झिक्ने र राख्ने गरेको, बिदेश भ्रमणका क्रममा कार्यसमिती भित्रकै पदाधिकारीले बुझाउनुपर्ने शुल्क नबुझाएको, अध्यक्ष हुँदा हुँदै उनकै शिरमा टेकेर महासचिवले गाईड तालिमका लागि कार्यसमिती समेतलाई थाहा नदिई निरंकुस ढंगले अघि बढेको प्रति एकएक गरेर उत्तर दिनुपर्ने भन्दै सदस्यहरुले चर्को आवाज उठाएपछि सभाहलको माहोल तात्न सुरु भयो ।
टानले आफ्नो स्थापना यता व्यहोरेका लफडा मध्ये विगतदेखी नै आर्थिक मुद्धा र कोषाध्यक्षको भुमिकामा प्रश्न उठीरहँदा कोषाध्यक्ष मञ्चमा उभिन बाध्य भए । सामान्य शिष्टाचार पछि उनले आफु आर्थिक मुद्धामा चोखो रहेको, कुनैबेला फुटेको कौडी नभएको टानमा पैसा घोटालाको कुरा अनपयुक्त बिषय भन्दै पन्छिने कोशिस गरे । तर सदस्यहरुले मान्न तयार भएनन । त्यसपछि मञ्चमा आएका महासचिब आङतेम्बा शेर्पाले पदाधिकारीले गरेको राम्रो काम पनि नदेख्ने भन्दै आलोचनात्मक आक्रोस पोखे । उनले टानलाई मजबुत बनाउनु छ भने  उपाध्यक्ष र सचिव  लगायतका बिरोधी पदहरु हटाउनुपर्ने भनेर उत्तेजक टिप्पणी गरेपछि  टानकै वरिष्ठ उपाध्यक्ष खुम वहादुर सुवेदिले माईक कव्जा गरि तत्काल महासचिवको अराजक खालको टिप्पणी करेक्सन गर्न आग्रह गर्दै सदस्यहरुलाई टानको विविध समस्याको विषयमा प्रस्ट्याउन खोजे ।  टानका एक सदस्यले गन्तव्य नेपाललाई सबिस्तार गर्दै भने,‘ टानभित्रकै एकजना पदाधिकारीले महासचिब र कोषाध्यक्ष बोलिरहँदा सिमाभन्दा बाहिर जाने तपाई को हो भन्दै जंगिएर मञ्चमा उक्लीएर माईक खोसे । त्यसपछि परिस्थीतिले झडपको स्थीति श्रृजना भएपनि अध्यक्षको संयमताका कारण त्यसो हुन नपाएको ती सदस्यले बताए ।
घटना सेलाउन नपाउँदै फेरी माईक समातेर महासचिब बोल्न लाग्दा तिनै आक्रोशित पदाधिकारीले पुनः माईक अफ गरिदिएपछि सभाहल दिक्दारी र हैरानीसहितको कोलाहलमा पुग्यो । 
पक्षबिपक्षका केन्द्रीय सदस्यहरु महासचिव र कोषाध्यक्षले गरेको आर्थिक हिनामिनाको जबाफ दिनुपर्ने भन्दै जंगीरहँदा केहीले महासचिबलाई बोल्नै नदिएर अराजक शैलीलाई निरन्तरता दिन खोजीएको भन्दै आक्रोस पोखे । 
अन्ततः बिबाद अन्त्य र भाबि रणनिती खोज्न बसेको बिशेष भेला अर्थहिन भएर टुंगीयो । यसमा टान अध्यक्षले आफ्नो पदीय चापलाई खुकु्लो रुपमा प्रश्तुत हुँदा महासचिब र कोषाध्यक्षले त्यसको दुरुपयोग गरेको अर्थमा टानभित्रकै सदस्यहरुको बुझाई छ ।
 
यस्ता थिए टान बिशेष भेलाका शिर्षक
१. पदयात्रा गर्ने पर्यटकले, अनिवार्य इजाजत प्राप्त ट्रेकिंग कम्पनी मार्फत अनुमतिपत्र प्राप्त पथप्रदर्शक वा सहयोगी अनिवार्य साथमा लिएर जाने व्यवस्था बारे ।  
२. टिम्सको प्रभावकारी कार्यान्वयन बारे । 
३. फिट, टिम्स पूर्ण रुपमा बन्द गरि गु्रप टिम्स मात्र कार्यान्वयन गराउने सम्बन्धमा । 
४. टान र मजदुर यूनियन वीच गरिएको नयाँ सम्झौता बारे । 
५. सगरमाथा राष्ट्रिय निकुञ्जले गाइड लाईसेन्स् बापत लिएको रु. १५००।— खारेजी सम्बन्धमा । टिम्स पदयात्रा
६. विविध ।

 

तपाईंको बिचार