Sunday, June 16, 2019

डिटिएम र नाथमबिच ६ बुँदे सम्झौता, मेला भव्य र सब्य बनाउने उद्घोष

प्रकाशित मिति: 2019/04/15

बैशाख २, काठमाण्डौ ।  गन्तव्य नेपाल ईभेन्ट म्यानेजमेन्टले यही बैशाख १३ र १४ गते (तदनुसार अप्रिल २६ र २७ ) तारिकमा आयोजना गर्न लागेको डोमेस्टीक टुरिजम मार्ट(डिटीएम) भव्य, सब्य तथा स्तरीय बनाउन ईभेन्ट म्यानेजमेन्ट र नेपाल एकेडमी अफ होटल एण्ड टुरिजम म्यानेजमेन्ट(नाथम) बिच ६ बुँदे सम्झौता भएको छ ।

सम्झौता अनसार नाथम र डिटीएम बिच सहकार्य गर्दै पार्टनरसिपका माध्यमबाट अगाडि बढ्ने सहमति भएको हो ।
आज नाथम कार्यालय रबिभवनमा डिटीएमका तर्फबाट संयोजक माधबप्रकाश सुबेदीको उपस्थीतिमा अध्यक्ष शिब अधिकारी‘अबिरल’ र नाथमका कार्यकारी निर्देशक दुर्गादत्त ढकालबिच ६ बुँदे सहमतिपत्रमा हस्ताक्षर भएको हो । मेलालाई सफल पार्न नाथमले आफ्नो सम्पुर्ण शक्ति प्रयोग गर्ने बताएको छ । मेलाको मिति नजिकिदै गर्दा पर्यटन सम्बद्ध व्यवसायीहरुमा उत्साह थपिदै गएको छ । सरकारको भिजन २०२० को मिसनलाई सफल पार्न मेला आयोजना गरिएको आयोजकले बताएको छ ।

तपाईंको बिचार