Saturday, October 19, 2019

डिटीएमको आक्रामक प्रचारप्रसार, मुलुकभरका रेडियोमा एकैसाथ घन्कियो प्रचार

प्रकाशित मिति: 2019/04/16

बैशाख ३, काठमाण्डौ । ‘पहिला देश अनि बिदेश’ भन्ने नाराका साथ गन्तव्य नेपाल ईभेन्ट म्यानेजमेन्टले यही बैशाख १३ र १४ गते तदनुसार (अप्रिल २६ र २७) का दिन आयोजना गर्न लागेको डोमेस्टीक टुरिजम मार्टको प्रचारप्रसार तिब्र भएको छ । निजि क्षेत्रबाट पहिलोपटक आयोजना गर्न लागिएको मेलाको लागि नेपाल पर्यटन बोर्डको मुख्य प्रवद्र्धन रहेको छ । जसअनुसार हिजो सोमबारबाट मुलुकभरका १०७ वटा एफएम स्टेशनबाट प्रचार प्रसारलाई तिब्र पारिएको छ ।

यसका साथै ठमेल केन्द्रीत प्रचार प्रसार तिब्र पारिएको छ भने बिभिन्न पर्यटकीय संघसंस्था, ७७ वटै जिल्लामा रहेका पर्यटन सम्बद्ध संस्था, नेपाल पर्यटन बोर्ड, मेलामा सहभागि हुन आउने व्यापारिक प्रतिनिधी लगायत सबै क्षेत्रबाट मेलाको प्रचारप्रसार तिब्र पारिएको छ । यसअघि पर्यटन प्रवद्र्धन गर्न भन्दै एम्बेसडर चयन, मिडिया संयोजन, प्रमुख सम्बद्ध संस्थाहरुलाई जिम्मेवारी बाँडफाँड गरिसकिएको र काम तिब्र रुपमा अघि बढेको आयोजकले जनाएको छ ।
पर्यटन व्यवसायी, बिद्यार्थी, शिक्षक, संघसंस्थाका प्रतिनधी, नेपाल सरकारका उच्च पदस्थ अधिकारी, पत्रकार, सर्बसाधरण सबैले मेलाको अवलोकन गरी आन्तरीक पर्यटन प्रवद्र्धन कार्यमा सहभागि हुन सक्नेछन । यसका साथै ठमेलका चौकचौकमा मेला प्रचारप्रसारको लागि जानकारी सहितको प्रचार तिब्र पारि सकिएको छ ।

तपाईंको बिचार