Friday, July 19, 2019

त्रिपाठी डोमेस्टीक टुरीजम मार्टको गुडविल एम्बेसडरमा मनोनित

प्रकाशित मिति: 2019/04/17

बैशाख ४, काठमाण्डौ ।  गन्तव्य नेपाल ईभेन्ट म्यानेजमेन्टले यही बैशाख १३ र १४ गते (अप्रिल २६ र २७)का दिन आयोजना गर्न लागेको डोमेस्टीक टुरिजम मार्ट (डिटीएम)को गुडविल एम्बेसडरमा राजेन्द्रप्रसाद त्रिपाठीलाई मनोनित गरिएको छ ।

गन्तव्य नेपालको सचिवालय कमलादीमा बुधबार बसेको बोर्ड बैठकले पर्यटन र शिक्षा क्षेत्रमा उल्लेखनिय योगदान पुर्याएका त्रिपाठीलाई डिटीएम अध्यक्ष शिव अधिकारी ‘अबिरल’ र संयोजक माधबप्रकास सुबेदीले डिटिएम एम्बेसडरमा मनोनित गरेका हुन । डिटिएम अध्यक्ष शिव अधिकारी ‘अबिरल’ले त्रिपाठीले शिक्षाका माध्यमबाट पर्यटनलाई जोड्दै डिटीएम सफल बनाउन महत्वपूर्ण भुमिका खेल्नेमा आफु बिश्वस्त रहेको बताए ।
त्रिपाठी शिक्षा र पर्यटन सँगसँगै भन्ने नाराका साथ शिक्षा तथा पर्यटन सम्बद्ध व्यवसायीका रुपमा स्थापित छन ।

तपाईंको बिचार