Thursday, May 23, 2019

डिटीएम सफल बनाउनको लागि नेपाल टेलिकम र गन्तव्य नेपालबिच सम्झौता

प्रकाशित मिति: 2019/04/19

बैशाख ६, काठमाण्डौ । गन्तव्य नेपाल गु्रप अन्र्तगत रहेको गन्तव्य नेपाल ईभेन्ट म्यानेजमेन्टले यही बैशाख १३ र १४ गते (तदनुसार अप्रिल २६ र २७ ) तारिकमा आयोजना गर्न लागेको डोमेस्टीक टुरिजम मार्ट(डिटीएम) भव्य, सब्य तथा स्तरीय बनाउन ईभेन्ट म्यानेजमेन्ट र नेपाल टेलिकमबिच सम्झौता भएको छ ।

आज नेपाल टेलिकम केन्द्रीय कार्यलय भद्रकालीमा डिटीएमका तर्फबाट अध्यक्ष शिव अधिकारी ‘अबिरल’ र संयोजक माधबप्रकाश सुबेदी तथा टेलिकमका तर्फबाट प्रबन्धक राजेश जोशी र शंकर देबकोटा समेतको उपस्थीतिमा समझदारीपत्रमा हस्ताक्षर भएको हो ।
सम्झौता अनुसार मेलालाई देशव्यापी रुपमा प्रवद्र्धन गर्न नेपाल टेलिकमले महत्वपूर्ण भु्मिका खेल्ने बताईएको छ ।
मेलाको मिति नजिकिदै गर्दा पर्यटन सम्बद्ध व्यवसायीहरुमा उत्साह थपिदै गएको छ । सरकारको भिजन २०२० को मिसनलाई सफल पार्न मेला आयोजना गरिएको आयोजकले बताएको छ । अहिलेसम्म ७७ वटै जिल्लाबाट १ सय ११ वटा स्टल बुकिङ भईसकेको छ । गन्तव्य नेपालका अध्यक्ष अधिकारी र संयोजक सुबेदीले मेला देशको पहिचान र देश चिनाउने अर्थमा आयोजना गरिएकाले उल्लासपूर्ण सहभागिताका लागि आम जनसामुदायमा अपिल गरेका छन ।

तपाईंको बिचार