Thursday, November 21, 2019

डिटीएम प्रचारप्रसार उपसमितिको संयोजकमा प्रकाश खालिङ मनोनित

प्रकाशित मिति: 2019/04/19

 

बैशाख ०६, काठमाण्डौ । गन्तव्य नेपाल गु्रप अन्तर्गत रहेको गन्तब्य नेपाल ईभेन्ट म्यानेजमेन्टले यही बैशाख १३ र १४ गते (अप्रिल २६ र २७) का दिन भृकुटीमण्डपको प्रदर्शनीहलसहितको चौरमा  आयोजना गरेको आन्तरीक पर्यटन मेला(डिटीएम) प्रचारप्रसार उपसमितिको संयोजकमा प्रकाश खालिङलाई मनोनित गरेको छ ।

आज गन्तव्य नेपालको केन्द्रिय कार्यालय कमलादीमा बसेको ग्रुप पदाधिकारीको बैठकले खालिङले पर्यटन क्षेत्रमा पुर्याएको योगदानलाई कदर गर्दै उपसमितिको संयोजकमा मनोनित गरिएको आयोजकले जनाएको छ ।
पहिला देश अनि बिदेश भन्ने नाराका साथ आयोजना हुन लागेको मेलामा ७७ वटै जिल्लाका पर्यटकीय क्षेत्रको जानकारी दिने मेलाको प्रमुख उदेश्य रहेको आयोजकले जनाएको छ ।

खालिङ पर्यटन पत्रकारका रुपमा समेत स्थापित छन ।
 

तपाईंको बिचार