Friday, July 19, 2019

डिटीएम जनसम्पर्क संयोजकमा शिवपुरी मिडियाका अध्यक्ष थपलिया मनोनित

प्रकाशित मिति: 2019/04/23

१० बैशाख २०७६ । शिवपुरी मिडिया नेटवर्कका अध्यक्ष रविन प्रसाद थपलियालाई आन्तरिक पर्यटन मेला (डीटीएम–२०१९)को जनसम्पर्क संयोजकमा मनोनित गरिएको छ । गन्तव्य नेपाल इभेन्ट म्यानेजमेन्टले निजी क्षेत्रबाट नेपालमा पहिलो चोटी यही बैशाख १३ र १४ गते भृकुटीमण्डपमा आयोजना गर्न लागेको डीटीएमका लागि थपलियालाई जनसम्पर्क संयोजकमा मनोनित गरिएको हो ।

सोमबार गन्तव्य नेपालको सचिवालयमा गन्तव्य नेपाल इभेन्ट म्यानेजमेन्टका अध्यक्ष शिव अधिकारी (अविरल) र कार्यक्रम संयोजक माधवप्रकाश सुवेदीले उहाँलाई जनसम्पर्क संयोजकको पत्र हस्तान्तरण गर्नुभयो ।
मेलालाई सफल पार्नका लागि पत्रकार थपलियाको महत्वपूर्ण भूमिकाको मुल्यांकन गर्दै जनसम्पर्क समितिको संयोजकमा मनोनित गरिएको गन्तव्य नेपाल इभेन्ट म्यानेजमेन्टका अध्यक्ष अविरल ले बताउनु भएको छ ।

७७ वटै जिल्लाका करिब १ सय ५० भन्दा बढि व्यवसायिक स्टल रहने डीटीएममा २ लाख भन्दा बढिले सहभागिता जनाउने अपेक्षा आयोजकको छ ।

विगत दुई दशकदेखि निरन्तर पत्रकारितामा क्रियाशिल थपलियाले शिवपुरी मिडिया नेटवर्कमार्फत सञ्चालित सगरमाथापोष्ट डट कम, अग्नीवान पाक्षिक, काठमाडौं खबर साप्ताहिक लगायतमा सम्पादकको भूमिका निर्वाह गर्दै आउनुभएको छ । पत्रकारिताको अलावा उहाँ समाजसेवामा समेत क्रियाशिल हुनुहुन्छ ।

तपाईंको बिचार