Saturday, November 23, 2019

बैशाख १३ र १४ गते भृकुटीमण्डप जाऔँ, आन्तरीक पर्यटन मेलामा देश चिनौँ

प्रकाशित मिति: 2019/04/25

बैशाख १२, काठमाडौ । गन्तव्य नेपाल गु्रप अन्र्तगत रहेको गन्तव्य नेपाल ईभेन्ट म्यानेजमेन्टले भोली बैशाख १३ र १४ गते भृकुटीमण्डप प्रदर्शनी हलसहितको चौरमा नेपालमै पहिलोपटक निजि क्षेत्रबाट पहिला देश अनि बिदेश भन्ने नारा राखेर आन्तरीक पर्यटन मेला (डिटिएम) आयोजना गरेको छ ।

७७ वटै जिल्लाका पर्यटकीय क्षेत्र तथा संस्कृति बुझाउने र ओझेलमा पारिएका पर्यटकीय गन्तव्यलाई बिश्वसामु उजागर गर्ने मेलाको प्रमुख उदेश्य रहेको छ । हालसम्म ११२ वटा स्टल बुकिङ भईसकेको मेलामा २ लाखको सहभागिता रहने आयोजकले बताएको छ । सांस्कृतिक झाँकी सहितको मनोरञ्जनात्मक मेला, मिठा खानासहितको फुड जोन मेलाका थप आर्कशणका रुपमा रहेका छन । 
आगन्तुकहरुको उत्साहलाई बढिभन्दा बढि समावेश गराउन निशुल्क प्रवेशको व्यवस्था गरिएको छ । 

तपाईंको बिचार