Tuesday, May 21, 2019

भृकुटीमण्डपमा पर्यटन मेलाको उल्लास, बिहानैदेखी अवलोकनकर्ताको भिड

प्रकाशित मिति: 2019/04/26
बैशाख १३, काठमाण्डौ । गन्तव्य नेपाल ग्रुप अन्र्तगत गन्तव्य नेपाल ईभेन्ट म्यानेजमेन्टले आयोजना गरेको ‘आन्तरीक पर्यटन मेला’ आजबाट सुरु भएको छ । मेलाको पहिलो दिन आज बिहानैदेखि अवलोकन कर्ताको भिड देखिएको छ ।
मेलामा बिभिन्न पर्यटकीय क्षेत्र र सेवाबारे जानकारी दिन स्टलकर्ताहरु लागिपरेका छन 
भृकुटीमण्डप प्रदर्शनी हलसहितको चौरमा आज र भोली २ दिन लाग्ने मेलामा ७७ वटै जिल्लामा रहेका पर्यटकीय क्षेत्र तथा संस्कृतिबारे अवलोकन गर्न सकिने छ ।
पहिले देश अनि बिदेश भन्ने मुल नाराका साथ निजी क्षेत्रबाट पहिलोपटक आयोजना गरिएको मेलामा पर्यटन सम्बद्ध ११२ वटा स्टल रहेको आयोजकले जनाएको छ ।
पहिलो दिनको उद्घाटन कार्यक्रमपछि बोल्दै गन्तव्य नेपाल ईभेन्ट म्यानेजमेन्टका अध्यक्ष शिव अधिकारी ‘अबिरल’ ले सरकारको मिसन २०२० लाई सफल बनाउन मेला महत्वपुर्ण हुने भन्दै आज पहिलो दिनमै अवलोकनकर्ताहरु स्वतः स्फुर्त रुपमा मेलामा सहभागी भएकाले देश चिनाउने आफुहरुको अभियान सफल हुने बताए ।
ईभेन्ट म्यानेजमेन्टका संयोजक माधबप्रकाश सुबेदीले निश्वार्थ रुपमा पर्यटकीय क्षेत्र र संस्कृतिको जानकारी दिने आफुहरुको अभियानमा सबै बर्ग र समुदायको साथ सहयोग रहेको भन्दै मेला सफलताउन्मुख भएको बताए ।

 पर्यटकीय क्षेत्रबारे जानकारी दिने मेलामा हस्तकला, होटल रेष्टुरा, ट्राभल एजेन्सी, बिभिन्न पर्यटकीय संघसंस्था लगायतका स्टल रहेका छन । यसका साथै सांस्कृतिक कार्यक्रम र मिठो खाना सहितको मौलिक खानाको परिकार फुड जोन थप आर्कषणका रुपमा रहेका छन । मेला भोली शनिबार सम्म चल्नेछ ।

तपाईंको बिचार