Tuesday, May 21, 2019

रंगीयो भृकुटीमण्डप, बाबुरामको कथन,“आर्थिक समृद्धि हासिल गर्न गन्तव्यको श्रृजनशिल काम”

प्रकाशित मिति: 2019/04/26

बैशाख १३, काठमाण्डौ । नयां शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले नेपालको आर्थिक समृद्धिका लागि पर्यटन अपरिहार्य भएको बताएका छन ।
आज गन्तव्य नेपाल गु्रप अन्र्तगत गन्तव्य नेपाल ईभेन्ट म्यानेजमेन्टले राजधानीको भृकुटीमण्डपमा आयोजना गरेको डोमेस्टीक टुरिजम मार्ट( आन्तरीक पर्यटन मेला)लाई सम्बोधन गर्दै भट्राईले सरकारले गर्नुपर्ने काम निजी क्षेत्रको गन्तव्य नेपालले गरेको र यो पर्यटन क्षेत्रको बिकासमा श्रृजनशिल काम भएको बताए । पर्यटन क्षेत्रको बिकासले नै आर्थिक समृद्धि हुने उनले बताए ।
नेकपाका प्रमुख सचेतक देबप्रसाद गुरुङले पहिला देश अनि बिदेश भन्ने सोच नै उत्कृष्ट रहेको भन्दै गन्तव्य नेपालले सुरुवात गरेको पर्यटन क्षेत्र प्रचारको अभियानमा सरकार र सबै पक्षले साथ सहयोग गर्नुपर्ने बताए । उनले टुरिजम क्षेत्रको बिकासमा राज्य गम्भिर बन्नुपर्ने र निजी क्षेत्रका तर्फबाट गन्तव्य नेपालको प्रयास उत्कृष्ट रहेको भन्दै धन्यबाद दिए ।
पर्यटन सचिब मोहनकृष्ण सापकोटाले गन्तव्य नेपालको पर्यटन केन्द्रित निरन्तरतालाई आफुले नजिकबाट नियालीरहेको भन्दै देश चिनाउने यस महाअभियानको खुलेर प्रशंसा गर्नुपर्ने बताए । उनले ७ प्रदेशकै नमुनाचित्र मेलामा पाउन सकिने भन्दै मेला भ्रमण गर्न समेत आग्रह गरे ।
रिर्पोटर्स क्लबका अध्यक्ष ऋषि धमलाले यो नेपाली ईतिहासमा निजी क्षेत्रबाट गरिएको पहिलो कार्यक्रम भएको भन्दै गन्तव्य गु्रपले आयोजना गरेको मेलाको हौसला बढाउन रिर्पोटर्स क्लब सधै लागि पर्ने बताए ।
नेपाल पर्यटन बोर्डका सञ्चालक समिती सदस्य दिपक महतले नेपालमा पहिलो चोटी आन्तरीक मेला आयोजना गरिएको भन्दै नेपाललाई एकत्रित गर्ने अभियानको सुरुवात भएको बताए । मेलालाई सफल बनाउन सबै मिलेर लाग्नुपर्ने बताउंदै उनले भिजिट नेपाल २०२० को लक्ष्यलाई पुरा गर्न समेत मेला सफल हुने बताए ।
नेपाल टेकिङ एजेन्सिज एसोसिएन अफ नेपाल (टान) का अध्यक्ष नवराज दाहालले निजी क्षेत्रबाट गरिएको गर्ब गर्न लाएक काम भएकाले यसबाट शिक्षा लिएर नेपाल भ्रमण बर्ष २०२० लाई सफल बनाउन पूर्वाधार बिकासमा लाग्नुपर्ने बताए ।
गन्तव्य नेपाल तथा ईभेन्ट म्यानेजमेन्टका अध्यक्ष शिव अधिकारी “अबिरल’’ ले सरकारले भिजिट नेपाल २०२० आयोजनाको मिति तोकेर केही नगरी सुतेर बसेको अवस्थामा पर्यटनलाई उर्जा दिन  आफुहरु मेलाको माध्यमबाट लागि परेको बताए । पर्यटन क्षेत्रको बिकासले मात्रै आर्थिक समृद्धि हासिल हुने भएकाले पर्यटन मैत्री बातावरण तयार गर्न पहिला देशलाई चिनौ र चिनाऔ भनेर मेला आयोजना गरिएको भन्दै अधिकारीले मेलाको पहिलो दिन सबैको साथ रहेको र भोलि पनि सबैको साथ सहयोग रहनेमा आफु आशाबादी भएको बताए ।
डिटीएम संयोजक माधबप्रकास सुबेदीले मेला सफल बनाउन सबै लागिपरेको भन्दै सम्पूर्ण व्यवसायी तथा उपस्थीत सबैलाई धन्यबाद दिए । उनले भोलि पनि मेलामा सहभागि भैदिनका लागि अनुरोध गरे ।
कार्यक्रममा नागरिक उड्डयन क्षेत्रमा पहिलोपटक बिद्यावारिधी गरेका बरिष्ठ पर्यटन व्यवसायी, लेखक तथा एम्पल प्रालीका अध्यक्ष लेखनाथ भण्डारीलाई नागरिक अभिनन्दन गरिएको थियो ।
यस्तै डिटीएम बिशेष सम्मानबाट नाथम कार्यकारी अधिकृत दुर्गादत्त ढकाललाई डिटीएम स्पेशल अवार्ड प्रदान गरिएको थियो । यस्तै ज्योतिस सन्तोस बशिष्ठलाई पनि सम्मान गरिएको थियो ।
अन्य व्यवसायीहरुमा कैलास गु्रपका अध्यक्ष टासी गुरुङ, अर्गानिक फार्म हाउसका संगम शेर्पा, पर्यटन क्षेत्रको प्रवद्र्धनात्मक गीतमा स्वर दिएकी रानु निरौलालाई पुरस्कार सहित सम्मान गरिएको थियो ।
त्यस्तै पत्रकारत्रय रामजी बगाले, मधुजंग पाण्डे र राजु भट्टलाई डिटिएम अवार्ड प्रदान गरियो । यस्तै समाजसेवी सोम तामाङ, परोपकार क्लब भुमराका अध्यक्ष रामकुमार रिमाल, नुवाकोट तारकेश्वर कलाकार समाजका अध्यक्ष दुर्गा तामाङलाई सम्मान गरिएको थियो ।


मेलाको पहिलो दिन
शुक्रबार बिहानबाट सुरु भएको आन्तरीक पर्यटन मेलामा अवलोकनकर्ताको भिड बढेको छ । पर्यटन सम्बद्ध होटल, रेष्टुरा, ट्राभल टुरिजम, बिभिन्न पर्यटकीय संघसंस्था, हस्तकला, नेपालका मौलिक संस्कृति रहनसहनका बिभिन्न स्टलहरुले भृकुटीमण्डप सजिएको छ ।  
मेलामा बिभिन्न पर्यटकीय क्षेत्र र सेवाबारे जानकारी दिन स्टलकर्ताहरु लागिपरेका छन । देश चिनाउने अभियान भएकाले सबैलाई सहभागि गराउन प्रवेश निशुल्क गरिएको छ ।
भृकुटीमण्डप प्रदर्शनी हलसहितको चौरमा २ दिन लाग्ने मेलामा ७७ वटै जिल्लामा रहेका पर्यटकीय क्षेत्र तथा संस्कृतिबारे अवलोकन गर्न सकिने छ ।
पहिले देश अनि बिदेश भन्ने मुल नाराका साथ निजी क्षेत्रबाट पहिलोपटक आयोजना गरिएको मेलामा पर्यटन सम्बद्ध ११२ वटा स्टल रहेको आयोजकले जनाएको छ ।
मेलामा अधिक सहभागिताको लागि भन्दै प्रवेश निःशुल्क गरिएको छ ।

तपाईंको बिचार